ललितपुर । ललितपुरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा निधन भएको हो । योसंगै कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या पाँच पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले ती व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए । उनले भने, ‘अल्कोहलिक लिभर डिजिजको समस्या थियो । कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।’
उनलाई आईसीयू नभएको भन्दै किस्ट अस्पताल रिफर गरिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)






