ब्युटिसियन ट्यालेन्ट नेपाल आठौँ सिजनको प्रतियोगी आह्वान

काठमाडौँ । ब्युटिसियनको व्यक्तित्व विकास एवम् प्रतिभा प्रस्तुतिको लागि विगत ९ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को नयाँ सिजनको लागि प्रतियोगीलाई आह्वान गरिएको छ ।

आयोजक संस्था रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.ले एक विज्ञप्ति मार्फत ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६, सिजन – ८’ को फारम खुला गरिएको जनाएको छ । आयोजक पक्षका अनुसार यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी चैतको अन्तिम साता काठमाडौँमा आयोजना हुँदै छ । ब्युटिसियन पेशामा लागेका तथा ब्युटिसियन सम्बन्धी प्रशिक्षण लिँदै गरेकाहरूले यो प्रतियोगितामा सहभागी हुने पाउने आयोजक पक्षले जनाएको छ ।

आयोजक एवम् अग्रज ब्युटिसियन सोनी कारंजितका अनुसार ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६ को उपाधि विजेताले यस पटक ५० हजार रुपैयाँसहित उपाधि, क्राउन र विभिन्न उपहार प्राप्त गर्नेछन् । यस्तै फस्ट रनर अप, सेकेन्ड रनर अप लगायतलाई पनि विभिन्न पुरस्कारहरूको व्यवस्था गरिएको छ । सोनीका अनुसार विजेताहरूले म्युजिक भिडियो, टेली चलचित्र तथा लघु चलचित्रमा मेकअप गर्ने अवसर, मोडलिङ गर्ने अवसर पनि प्राप्त गर्नेछन् । यो कार्यक्रमको लागि फारम विलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतलीसडक, रोज ब्युटी एकेडेमीको कार्यालय रवीभवनमा पाइने आयोजक एवम् अग्रज ब्युटिसियन सोनी कांरंजितले जनाएकी छिन् । उनले विज्ञप्तिमा भनेकी छिन, ‘ब्युटिसियनहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिसँगै उनीहरूलाई राष्ट्रिय मञ्चमा उतार्न हामीले विगत ९ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएका हौँ । कोरोनाका कारण एक वर्ष स्थगित भए पनि बाँकी हरेक वर्ष यो प्रतियोगिता नियमित रूपमा आयोजना हुँदै आएको छ ।’

यो प्रतियोगिताको लागि पहिलो अडिसन आगामी १५ फागुनमा र दोस्रो अडिसन आगामी २९ फागुनमा लिइने भएको छ । अडिसनबाट चयन भएकाहरूलाई आगामी १ चैतबाट प्रशिक्षण सुरु गरिने पनि सोनीले जानकारी गराएकी छिन् ।

यो प्रतियोगितामा सहभागीलाई ब्युटिसियन सम्बन्धी दुई साताको विशेष प्रशिक्षण दिइने छ । प्रशिक्षणमा प्रतियोगीहरूलाई क्यारेक्टर मेकअप, पर्मामेन्ट ल्यासेस, ब्राईडल मेकअप, विभिन्न हेयर स्टाईल एवम् जुरो, हेयर केयर, स्किन केयर, वाटर मार्बल नेल आर्ट, स्पेसल डान्स, बतृत्वकला, पर्सनालिटी डेभलपमेन्ट जस्ता कुरा सिकाइने आयोजक पक्षले जनाएको छ । यस्तै दुई साताको क्याट वाट तथा ग्रुमिङ प्रशिक्षणसँगै उनीहरूलाई विशेष फोटो सेसन र भिडियो सेसन पनि गराइने छ । त्यसपछि बल्ल उनीहरुलाई ग्रान्ड फिनालेमा उतारिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

यात्रुको सुरक्षा सुनिश्चित गर्न प्राधिकरणको निर्देशन