थकालीको मौलिक ‘त्हस’ जोगाउन युवाको अग्रसरता: पहिलो अन्तरक्षेत्रीय तारा खेलमा दरबाङ क्षेत्र विजयी

राजधानी समाचारदाता काठमाडौँ, ८ फागुन ।

थकाली समुदायको प्राचीन पहिचान र परम्परागत खेल ‘तारा’ (थकाली भाषामा ‘त्हस’) लाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ काठमाडौँमा आयोजित ‘प्रथम अन्तरक्षेत्रीय थकाली युवा त्हस (तारा) खेल प्रतियोगिता–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। थकाली युवा परिवार, काठमाडौँको आयोजनामा फागुन ७ गते सम्पन्न उक्त प्रतियोगितामा देशभरका १२ युवा टोलीको सहभागिता रहेको थियो।
दरबाङ क्षेत्र पहिलो, थासाङ र स्याउलीवाङ उपविजेता

कडा प्रतिस्पर्धाका बीच ६८ अंक प्राप्त गर्दै थकाली युवा परिवार दरबाङ क्षेत्र प्रतियोगिताको प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी, ४५ अंकसहित थकाली युवा परिवार थासाङ क्षेत्र दोस्रो र ४१ अंकसहित थकाली युवा परिवार स्याउलीवाङ क्षेत्र तेस्रो स्थानमा रहे। विजयी टोलीहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

पुरस्कार र सहयोगी संस्थाहरू
प्रथम पुरस्कार (रु. ५०,०००): थकाली सेवा समिति (थ.से.स.) नेपाल
दोस्रो पुरस्कार (रु. ३०,०००): थ.से.स. नेपाल–जापान सम्पर्क समिति
तेस्रो पुरस्कार (रु. २०,०००): थासाङ स्पोर्ट्स क्लब (प्राविधिक सहयोगसहित)

लोप हुने जोखिम र सांस्कृतिक महत्व

प्रतियोगितामा ३ जना महिला खेलाडीहरूको सहभागिताले पनि विशेष चर्चा पाएको छ। परम्परागत रूपमा पुरुषहरूको मात्र खेल मानिने तारा खेलमा महिलाको प्रवेशलाई संस्थाकी उपाध्यक्ष प्रज्ञा शेरचनले ‘प्रोत्साहनजनक’ कदम भन्नुभएको छ। मुस्ताङदेखि स्याउलीवाङ र भैरहवासम्मका ६० जना युवा खेलाडीहरूको यो सक्रियताले आगामी फागुन १७ देखि १९ सम्म मनाइने थकालीहरूको महान् पर्व ‘तोरन ल्ह’ मा थप रौनक थप्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

दिक्तेलमा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न