सतुंगलमा श्रीमद्भागवत एवं महारूद्र विराट महायज्ञ हुने

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका –१० स्थित विन्ध्यपरिसर सतुंगलमा श्रीमद्भागवत एवं महारूद्र विराट महायज्ञ हुने भएको छ । आगामी ५ देखि १४चैतसम्म सो श्रीमद्भागवत एवं महारूद्र विराट महायज्ञको तयारीका लागि खर्च व्यवस्थापन कार्य देखि विभिन्न कार्यक्रम तय गरिएको आयोजक संस्था श्री विन्ध्यवासिनी आध्यात्मिक संघ जगदाचार्य पीठले जनाएको छ ।

सो पीठका अनुसार यस महायज्ञमा सम्पूर्ण मानव मनहरूमा आध्यात्मिक भावधारा प्रवाह गरी विश्वबन्धुत्व कायम गर्न अथक साधनारत जगदाचार्य श्री नेपाली बाबाद्वारा संकल्पित जगन्माता विन्ध्यवासिनी देवीको यन्त्रमय मन्दिरको परिकल्पना सहित स्थापना गरिएको विन्ध्यवासिनी आध्यात्मिक संघ जगदाचाय पीठ), विन्ध्यपरिसरमा श्रीमद्भागवत एवं महारुद्र विराट् महायज्ञको आयोजना गरिएको हो ।

यस विराट महायज्ञमा पूर्वीय सभ्यताका आधार धर्मग्रन्थ वेद, उपनिषद् र पुराणहरूलाई मनन गरी सर्वव्यापी सूत्रात्मक श्रीकृष्णवचनामृतधारामवी गीताको अध्याय ३ का १० औं र ११ औ श्लोक अनुसारको ब्रह्माले मानव र यज्ञको संगै सृष्टि गरेका हुनाले मानवले यज्ञद्वारा देवताहरूलाई प्रसन्न बनाई निरन्तर उन्नति प्राप्त गरुन र मनले चाहेको फल पाउन् भन्ने उदेस्य राखिएको छ ।

यस विराट् महायज्ञ सम्पन्न गर्ने योजना रहेको छ । यस विराट् महायज्ञमा अठारै पुराणहरूमध्ये धर्म, अर्थ काम र मोक्ष चारै पुरुषार्थ प्रदान गर्ने श्रीमद्भागवत पुराणको पाठ–पारायण र कथा प्रवचन गर्ने मुख्य कार्य रहेको छ भने जगतका परम कल्याणकारक आशुतोष शिवजीको पूजा गरी महारुद्र ११ आवृत्ति गरिने रूद्रीलाई ११ ले गुणन गर्दा हुने १ सय २१ आवत्तिको लघुरुद्री र त्यसलाई पनि ११ ले गुणन गर्र्दा हुने १३३१ आवृत्ति (११ वटा लघु रुद्री। सम्पन्न हुने छ ।

श्री विन्ध्यवासिनी आध्यात्मिक संघ जगदाचार्य पीठ को स्थापना वि.स. २०४१ भएको हो । यसका संस्थापक जगदाचार्य नेपाली वाचा हुन् । उनले २०४३ सालमा विन्ध्यवासिनीधामः विन्ध्याचलमा ११००० ब्राह्मणद्वारा एक महिने विश्वशान्ति महायज्ञ, २०४५ सालमा मेची महाकाली सदभावना पदयात्रा २०४८ सालमा विश्व वन्धुत्वको भावना र आध्यात्मिक भावधारा फैलाउन श्री मुक्तिनाथ धामदेखि जगन्नावपुरीधाम र रामेश्वर धाम हुँदै कन्याकुमारीसम्मको ११८ दिने धर्म जागरण पदयात्रा, २०५० सालमा कन्याकुमारीदेखि द्वारिकाधीश हुँदै बदी केदारनाथ धामसम्मको १६८ दिने पदयात्रा समेत सम्पन्न गरेका थिए ।

यस आराध्य भूमिमा नेपाली वावाले २०६१ सालमा ४ लाख गणपति सहस्रनामको पारायण पूर्वक श्रीगणपति महायज्ञ, २०७२ मा दैवी प्रकोप शान्त गर्न ४ करोड गणेश सहस्र नामको पारायण गरी ४ लाख लड्डस हवन गर्ने कार्य गीतंबर महादेव मन्दिर वरपाडवी, दक्षिणकाली, बानकमा नगायतका पवित्र वाची मध्यभागमा रहेको यस स्थानमा जगन्माता विन्ध्यवासिनी देवीको श्रीधन्मय मन्दिर निर्माण भजगदाचाय नेपाली वावाले लिएका मान्य अनुसारका कार्य अगाडि बहिनीको सन्दर्भमा यस विराट महायज्ञको आयोजना गरिएको हो ।

जगदाचार्य नेपाली बाबा ब्रह्मलीन भएपछि यस जगदाचार्य पीठको पीठाधीश र संस्थाको संरक्षकको स्थानमा उनकै पुत्ररत्न रामचन्द्र शर्मा निरन्तर क्रियाशील र छन् ।

आफ्नो परिवारको शारीरिक र मानसिक एवं आर्थिक र सद्विगत उत्थान, सामाजिक सद्भावको अभिवर्वाद्ध, समय नष्टको समृद्धि विश्व शान्तिको कल्याणको कामना गर्दै यस विराट् महायज्ञका विभिन्न आङ्गिक कर्महरूमा सम्पूर्ण श्रद्धाल भक्तजनहरूलाई स्वत स्फूर्त रुपमा ससइल्प कता बनेर यज्ञको सफलतामा सहभागी हुनका लागि हार्दिक प्राहवान गरिएको सो संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका