इलाम । इलाम-२ लाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी ‘ग्लोबल ब्रान्ड’ का रूपमा स्थापित गर्ने उद्देश्य सहित सुहाङले इलाम बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन् । स्थानीय उत्पादनको बजारीकरण, गुणस्तर तथा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित इलाममा लगानी गर्ने प्रतिबद्धता सार्वजनिक गरेका हुन ।
‘ग्लोबल ब्रान्ड’ देखि विकास, पूर्वाधार, रोजगारी, उद्योग, पर्यटन मुख्य एजेण्डा
जिल्लामा उत्पादित बाँस, चिया, छुर्पी र अलैँची जस्ता वस्तुको सम्भाव्यता अध्ययन तथा बजार विस्तारका लागि छिमेकी राष्ट्रका उद्योगी, देशका व्यवसायी तथा निर्यातकर्ताहरूसँग इलामका कृषिजन्य तथा वनजन्य उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना अघि सारेका छन् ।
स्थानीय तह, निजी क्षेत्र र राजनीतिक नेतृत्वबिच समन्वय गर्दै इलाम ब्रान्डको अवधारणालाई संस्थागत गर्ने योजना अघि सारेका छन् । उत्पादनमा एकरूपता, आकर्षक प्याकेजिङ, अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण तथा डिजिटल बजार प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन् । उत्पादन, उद्योग विस्तार, रोजगारी सिर्जना र निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखेर इलामलाई समृद्ध र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिबद्धता–पत्रमा इलाम–२ अन्तर्गत सडक, पुल, स्वास्थ्य, शिक्षा र अन्य भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् । निर्माणाधीन दमक–चिसापानी फाल्गुनन्द सडक, राँके–रवि–भेडेटारसडक, मदन भण्डारी लोक मार्ग इलाम खण्ड, केचना–कञ्चनजङ्घा कोरिडोर, माईपोखरी–सन्दकपुर खण्ड, आत्मानन्द मार्ग, राँके–गैँडे सडक लगायतका आयोजना समावेश छन् ।
केचनादेखि कञ्चनजङ्घासम्मको सडक खण्डअन्तर्गत इलाम फास्ट ट्रयाक तथा माईपोखरी–सन्दकपुर , माई नगरपालिका–७ लक्ष्मी बाँधदेखि माङसेबुङसम्मको आत्मानन्द मार्ग, राँके–गैँडे सडक, गाग्रे भञ्ज्याङ–सोयाक–बेलासे सडक, मधु मल्ला–फुङनाम–साकफारा–दारे गौडा सडक, देउमाई नगरपालिका मङ्गलवारे बजारदेखि फाकफोकथुम दोकान डाँडासम्मको सडक, देउराली–विन्दुले–मङ्गलवारे र सुवास रत्न सडक निर्माणाधीन रहेको र यसलाई पूर्णता दिने प्रतिबद्धतामा उल्लेख छ । त्यस्तै खानेपानी तर्फ माङसेबुङ, माई र चुलाचुलीमा लिफ्टिङ खानेपानी आयोजना अघि बढेको छ। माइखोलामा तटबन्ध तथा बृहत् सिँचाइ आयोजना निर्माणाधीन रहेको उल्लेख छ ।
इलाम जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको, देउमाई, चुलाचुली र फाकफोकथुममा १५ शैयाका अस्पताल निर्माण गरिएको उल्लेख छ । शिक्षातर्फ देउमाई बहुमुखी क्याम्पस, मङ्गलवारे बहुमुखी क्याम्पस, रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट, सामुदायिक कृषि क्याम्पसलाई प्राविधिक तर्फ लैजाने घोषणा पत्र रहेको छ ।
उपनिर्वाचनपछि दमक–चिसापानी सडकका लागि २० करोड बजेट विनियोजन प्रक्रिया अघि बढाइएको, नेपालटार–मङ्गलवारे–धुसेनी–गजुरमुखी सडकमा बहु वर्षीय बजेट स्वीकृत भएको, देउमाई खोलामा पुल निर्माण प्रक्रिया सुरु भएको तथा फास्ट ट्रयाकका खोलामा बेली ब्रिज स्वीकृत भएको उल्लेखे छ ।
गत असोजको विपद्पछि राहत, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणका लागि २ अर्बभन्दा बढी बजेट विनियोजनमा पहल गरिएको दाबी गरिएको छ । भूमि समस्या समाधान आयोगमार्फत माङसेबुङमा ११० र चुलाचुलीमा ३१ परिवारलाई धनी पुर्जा वितरण गरिएको तथा करिब १ हजार परिवारलाई वितरण तयारी अवस्थामा रहेको उल्लेख छ ।
चिया, कफी, अलैँची, छुर्पी, बाँसजन्य उत्पादन र अन्य नगदे बालीको बजारीकरणमा विशेष पहल गरिएको जनाइएको छ। इलाममा विदेशी तथा राष्ट्रिय उद्योगी व्यवसायीलाई आमन्त्रण गरी उत्पादन सम्भावना’bout अनुगमन गराइएको र केही चिया व्यवसायीलाई चीनको औद्योगिक क्षेत्र भ्रमण गराइएको भन्दै चिस्यान केन्द्र सञ्चालन, बाँसजन्य उद्योग र प्राङ्गारिक मल उत्पादन, कृषि उपजको गुणस्तर अभिवृद्धि र प्याकेजिङ सुधारका लागि काम गरिने बताइएको छ ।
प्रतिबद्धता–पत्रमा आत्म–समीक्षा पनि समेटिएको छ । जनताको अपेक्षा अनुरूप कृषि, रोजगारी, स्वास्थ्य र आधारभूत पूर्वाधारका सबै समस्या समाधान हुन नसकेको स्वीकार गरिएको छ । कमी कमजोरीलाई सुधारको अवसरका रूपमा लिँदै परिणाममुखी काममार्फत विश्वास जित्ने सङ्कल्प व्यक्त गरिएको छ । समग्रमा, इलाम–२ मा सडक, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र शहरी पूर्वाधारमा निर्माणाधीन आयोजनाहरू सम्पन्न भएसँगै क्षेत्रको आर्थिक गतिविधि, रोजगारी र जीवनस्तरमा थप सुधार आउने अपेक्षा रहेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
सुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा
मुसा चिन्हसहित घर–घरमा यमुना केसी
फेरि संसद्मा पुग्छन् त सुहाङ ?
गुल्मी–१, आलोपालोको निरन्तरता कि ब्रेक ?
गाउँघरमा पुगेर मतदाता फकाउँदै भोजपुरका उम्मेदवार
चुनाव जित्न धर्मगुरुको आशीर्वाद ! डा. कोइरालाको कदमले मोरङ–६ मा बहस चर्कियो
मोरङ–६: स्थानीय नेताको प्रवेशसँगै चुनावी माहोल ततिँदै






