सुदर्शन बरालः जनजातीका एक्ला उम्मेदवार

गुल्मी । नेपालको संविधानले संघीय संसदमा दलित, जनजाती, महिला लगायतका पिछडीएका वर्गको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेको छ । त्यसैको प्रतिनिधित्वको लागि मुख्य राजनीतिक दलहरुले उनीहरुलाई समानुपातिकमा सिमित गरेको पाइन्छ । तर गुल्मीमा भने जनजातिबाट पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।

गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन बराल उम्मेदवार बनेका हुन् । जिल्लामा अहिले नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुदैँछ । तर बराल मात्रै जनजातितर्फका एक्ला उम्मेदवार बनेका छन् ।

२०५३ सालमा बुटबल बहुमुखी क्याम्पसमा तत्कालिन अखिल पाँचौबाट स्ववियु सदस्य भएका बराल ०५६ मा माओवादीमा पूर्णकालिन कार्यक्रता भएका थिए । ०५८ मा माओवादी गुल्मीको जनसरकार प्रमुख, ०५९ मा जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज हुदँै अहिले नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष छन् ।

त्यसैगरी ०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, ०६४ मा साविक गुल्मी क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य एवं ०७४ मा गुल्मी–१ प्रदेश क बाट लुम्बिनी प्रदेश सदस्य भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री भएका थिए । बराल लुम्बिनी प्रदेशमा उत्कृष्ट कार्यसम्पादन गर्ने मन्त्रीको पहिलो सूचिमा थिए । सामाजिक विकास मन्त्री हुदाँ लुम्बिनी प्रादेशिक अस्पतालका साथै जिल्लामा थुप्रै विकास निर्माणका काम अगाडी बढाएका थिए ।

मन्त्री हुदाँ बरालले गुल्मी जिल्लाका अधिकाशं ठाउँमा लिफ्ट खानेपानीका आयोजना, चोरकाटे शान्तिपुर लगायतका धेरै ठाउँका सडक निर्माण, विद्यालयका आधारभूत संरचना निर्माण, ल्याब सेवा, स्मार्ट कृषि गाउँ कार्यक्रम, नमुना विद्यालयका कार्यक्रम, एक पालिका एक खेलमैदान, सिँचाई, युवा उद्यम लगायतका क्षेत्रमा काम गरेको पार्टीका नेता तथा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । अहिले उम्मेदवार बराल मत माग्दै मतदाताकहाँ पुगिरहेका छन् । ‘हाम्रो पार्टीको एजेन्डा सुनाउदैँ र देश विकासको एजेन्डा लिएर घरदैलोमा छु ।’ बरालले भने ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले विपिन जोशीको परिवारलाई १० लाख सहयोग गर्ने