सुन्दरहरैंचा(मोरङ) । ६० वटा मतदान स्थल र १ लाख २८ हजार ५४५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर १ यसपटकको निर्वाचनमा अत्यन्त रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ। विगतका तीन निर्वाचन (२०७०–२०७९) सम्म निरन्तर प्रतिस्पर्धा हुँदै आएको दुई प्रमुख पात्र — डिगबहादुर लिम्बू (नेपाली कांग्रेस) र घनश्याम खतिवडा (नेकपा एमाले) — मध्ये यसपटक लिम्बू मैदानमा छैनन्। यसले चुनावी समीकरणलाई नयाँ मोड दिएको विश्लेषकहरू बताउँछन्।
कांग्रेसले पुरानो अनुहार हटाउँदै नयाँ नेतृत्वलाई अघि सार्ने रणनीति अपनाएको छ। सोहीअनुसार पार्टीले उर्लाबारी नगरपालिका का पूर्वप्रमुख खड्ग फागो लाई उम्मेदवार बनाएको छ। उनी स्थानीय तहको अनुभव र संगठनात्मक पकडका आधारमा बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन्। यता एमालेका खतिवडा भने यो पटकलाई “अन्तिम प्रतिस्पर्धा” भन्दै मतदातामाझ सक्रिय चुनावी अभियानमा जुटेका छन्। लामो राजनीतिक अनुभव, संगठन संरचना र अघिल्ला चुनावी नतिजाले उनलाई अझै पनि प्रमुख दाबेदारका रूपमा स्थापित गरिरहेको छ।
बहुदलीय भिडन्त: साना दल र स्वतन्त्रको उपस्थिति
यस क्षेत्रको चुनावी मैदानमा ठूला दल मात्र होइन, विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति छ। प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूरहेका छन्। कुलप्रसाद साम्बा कुशल (नेपाली कम्युनिस्ट पार्टी),यज्ञमणि न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी),पूर्णबहादुर तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) दिलकुमारी लावती (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च),शान्ति पाख्रिन लामा (श्रम संस्कृति पार्टी),फिवराज लिम्बू (नेपाल जनमुक्ति पार्टी),रहेका छन्।
यस्तै,दुर्गाकुमारी तामाङ (राष्ट्रिय परिवर्तन पार्टी),डिल्लीराम नेपाली (नेपाल कम्युनिस्ट पार्टी (माओवादी)),डिल्लीराम लिम्बू (मितेरी पार्टी नेपाल),स्वतन्त्र उम्मेदवारहरू: प्रेम बर्देवा, पशुपति घिमीरे, मिलन भण्डारी, यामप्रसाद दाहाल, ईश्वर वाग्ले र सुरज लिम्बू (मंगोल नेशनल अर्गनाइजेसन) रहेका छन्।
प्रतिस्पर्धाको केन्द्रमा के मुद्दा?
स्थानीय विकास, रोजगारी, सडक–पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच यस क्षेत्रका प्रमुख चुनावी एजेन्डा बनेका छन्। मतदाताले पुराना प्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दै नयाँ उम्मेदवारलाई मौका दिने कि अनुभवलाई निरन्तरता दिने भन्ने निर्णयको दोसाँधमा छन्। मोरङ क्षेत्र नम्बर १ यसपटक बहुपक्षीय प्रतिस्पर्धाका कारण प्रदेशकै चासोको केन्द्र बनेको छ।
पुराना प्रतिस्पर्धीमध्ये एक बाहिरिएपछि बनेको नयाँ समीकरण, ठूला दलका रणनीति, साना दलको सक्रियता र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले चुनावलाई अत्यन्त रोमाञ्चक बनाएको छ। परिणामले केवल प्रतिनिधि मात्र होइन, आगामी राजनीतिक शक्ति सन्तुलनसमेत निर्धारण गर्ने विश्लेषण भइरहेको छ।
सम्बन्धित समाचार
चुनावको मुखमा राजावादीको ‘रिहर्सल’
प्रधानमन्त्री तोक्न सफल, घोषणापत्रमा अलमल
मोरङ–६ मा कडा प्रतिस्पर्धा हुने संकेत
कांग्रेसको प्रतिबद्धता दस्ताबेज सर्वसम्मतले अनुमोदन
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु
कता फर्किंदै छ मधेशका मतदाताका मन ?
जनमत तान्न थरीथरीका आश्वासन






