त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, खाडी उडान स्थगित (फोटो फिचर)

मध्यपूर्वमा तनाव बढेपछि विभिन्न एयरलाइन्सहरूले खाडी मुलुक जाने सबै फ्लाइट अनिश्चितकालका लागि रोकेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुनसान देखिएको छ। अलपत्र परेका यात्रुहरू एयरपोर्टभित्र रहेको सूचना बोर्ड हेर्दै बसेका देखिन्छन् भने कोही झोला बोकेर सडक किनारमा हिँड्दै गरेको देखिन्छ।

सरकारले आजैबाट लागू हुने गरी खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति समेत स्थगित गरिसकेको छ।परराष्ट्र मन्त्रालयका अनुसार हाल मध्यपूर्वमा १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिक रहेका छन्। सरकारले नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिँदै आपतकालीन अवस्थाका लागि उद्धार संयन्त्र तयार पारेको छ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा केन्द्रीय समिति बैठक सोमबार