कोरोना संक्रमणले बेलायतमा ६६ नेपालीको मृत्यु, १५ सय बढी संक्रमित

फाइल तस्वीर

लन्डन। कोरोना संक्रमणले बेलायतमा ६६ जना नेपालीको मृत्यु भइसकेको छ भने १५ सय भन्दा बढी संक्रमित भएका छन् । यो तथ्यांकसँगै कोरोना संक्रमणले सबैभन्दा धेरै नेपालीको ज्यान बेलायतमा गएको छ ।

गैरआवासीय नेपाली संघ यूकेले हिजो शुक्रबार जारी गरेको तथ्यांकअनुसार बेलायतमा १५ सय १७ नेपालीमा संक्रमण देखिएको छ । अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६६ जना नेपालीको मृत्यु भएको हो ।

कोरोना संक्रमण भएका कुल १५ सय १७ नेपालीमध्ये अधिकांश घरमै ‘आइसोलेसन’ बाट निको भएका छन् । ७६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । अहिले पनि विभिन्न अस्पतालमा उपचारकै क्रममा रहेका संक्रमित नेपालीको संख्या ८ छ ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र आफ्ना प्रतिनिधिहरुको सक्रियतामा नेपालीको तथ्यांक बटुलेको हेल्पलाइनका संयोजक जीत रानाभाटले जानकारी दिए । तथ्यांक संकलन गर्न कोशलेश्वर ढकाल र हेम गुरुङले हेल्पलाइनको संयोजन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

पहिराका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा