मधेश र पहाडलाई भावनात्मक रुपमा जोड्ने सन्देशसहित सेनाले मनायो वार्षिकोत्सव

राजविराज । मधेश र पहाडलाई भावनात्मकरुपमा जोड्ने सन्देशमुलक प्रस्तुती गर्दै यहाँ स्थित नेपाली सेनाको बरखगणले आफ्नो वार्षिकोत्सव मनाएको छ । राजविराज स्थित सो गणले आईतवार साँझ यस्तो कार्यक्रमको आयोजना गरी आफनो २४३ औं वार्षिकोत्सव मनाएको हो ।

राष्ट्रिय गान, जयशिवशंकरमको धार्मिक धुन तथा “पहाडको माया मधेशलाई, मधेशको माया पहाडलाई, पुर्वको माया पश्चिमलाई, पश्चिमको माया पुर्वलाई, यहि हो सून्दर नेपाल, गीतको प्रस्तुतीबाट सूरु भएको कार्यक्रममा मधेश र पहाडलाई भावनात्मकरुपमा जोडने विभिन्न सन्देशमुलक गीत र कला मञ्चन गरिएको थियो ।

यस्तै गण गान, साथी भाई जर्नेल कर्नेल साकेला नृत्य, गजल, तामाङ्ग सेलो, भोजपुरी नृत्य तथा देशप्रेमी गीतले सहभागीलाई निकै उत्साहित बनाएको थियो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी सहायक रथी कृष्णराज आर्चाय (अ.प्रा.) ले नेपाली सेना मधेश–पहाडबीच भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने दिशामा अघि बढेको बताए ।

यसका लागी नेपाली सेनाले युवा जनशक्तीमा देशभक्ती एवं राष्ट्रिय एकताको भावना जागृत गराउन विभिन्न गतिबीधी अघि बढाएको उनको भनाई थियो । उनले अनवरत रुपमा राष्ट्र प्रति जिम्मेवारी वहन गर्दै आएको नेपाली सेनाले शान्ति सुरक्षा तथा विभिन्न प्राकृतिक प्रकोपका बेला विपद व्यवस्थापनमा समेत योगदान गर्दै आएको बताए ।

कार्यक्रममा सहभागीहरुको स्वागत गर्दै बरख गणका गणपती सोभित बहादुर चन्दले नेपाली सेनाको चेन अफ कमाण्डबाट प्राप्त हरेक निर्देशनको सफल कार्यान्वयन गरिएको बताए । हालै सम्पन्न प्रतिनीधीसभा निर्वाचनलाई मर्यादित र भयरहितको वातावरणमा सम्पन्न गराउन सेनाले साधन श्रोतले भ्याए सम्म भुमिका खेलेको भन्दै उनले यसमा सघाउने सबै प्रति धन्यवाद र आभार ब्यक्ती गरे ।

मुलुकको सुरक्षा संगै विश्वशान्तिका लागी विदेशी भुमिमा पुगेर समेत सेनाले आफनो जिम्मेवारी पुरा गर्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा गणद्वारा आयोजित खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा विभिन्न विद्यामा वर्षका उत्कृष्ट सैनिक जवानहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध