इकार्डी पीएसजीमा बस्न सहमत

पेरिस । सम्झौताको समयसीमा एक दिन बाँकी रहँदा इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डी स्थायी रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा बस्न तयार भएका छन् । पीएसजीबाट यो सिजन लोनमा खेलिरहेका इकार्डी स्थायी रूपमै फ्रान्समा बस्न तयार भएका हुन् । इकार्डीलाई फ्रान्समा राख्ने बिषयमा दुवै क्लब इन्टर मिलान र पीएसजी सहमत भएका हुन् ।

इटालियन फरवार्डलाई पेरिसमा राख्न पीएसजीले इन्टर मिलानलाई ४५ मिलियन पाउन्ड दिन सहमत भएको छ । उनले ६ मिलियन पाउन्ड बोनससमेत पाउनेछन् । पीएसजीसँगको इकार्डीको सम्झौता मेसम्म मात्रै रहेको थियो । उनी गत सिजन लोनमा पीएसजी पुगेका थिए । इकार्डी २०१३ मा इटालियन क्लब साम्पडोरियाबाट इन्टर मिलान पुगेका थिए । अर्जेन्टिनी फरवार्ड इकार्डी इन्टर मिलानको मुख्य प्रशिक्षकमा एन्टोनियो कोन्टे आएपछि क्लबबाट बाहिरिएका थिए । तर, फ्रान्समा इकार्डीले राम्रो प्रभाव जनाउन सफल भएका थिए । विश्व फुटबलका स्टार नेयमार र केलियन एमबाप्पे रहेको पीएसजीबाट २७ वर्षीय इकार्डीले यस सिजन सबै प्रतियोगितामा ३१ खेलमा २० गोल गर्न सफल भएका छन् । उनले पीएसजीबाट यो सिजन च्याम्पियन्स लिगको ६ खेलमा ५ गोल गरेका छन् ।

कोरोना महामारीका कारण फ्रेन्च लिग वान रद्द भएर पीएसजी फ्रेन्च लिग च्याम्पियन घोषित हँदा यूईएफए च्याम्पियन्स लिग खेल्न बाँकी छ । पीएसजीले च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई समग्रमा ३–२ ले पराजित गर्दै क्वार्टरफाइन्लमा स्थान बनाएको छ । च्याम्पियन्स लिग अगस्टमा गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ