सप्तरीमा एकै दिन थपिए १२ जना काेराेना संक्रमित

राजविराज, सप्तरी । एकपछि अर्को संक्रमित फेला परिरहेको सप्तरीमा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

पछिल्लो पटक आइतबार थपिएका १२ जना सबै भारतबाट फर्केका पुरुष हुन् । सप्तरीको राजगढ गाउँपालिकाको विभिन्न वडा घर भएका उनीहरु ९ दिन अघिमात्र भारतबाट घर फर्केका हुन् । उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखी स्वाब संकलन गरि परिक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

आइतबार दिउसो प्राप्त रिपोर्टमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

आइसोलेशन बेडको अभावले संक्रमित सबैलाई अहिले सोही गाउँपालिकाको क्वारेन्टाइन केन्द्रमा छुट्टै कोठामा राखिएको उनले बताए । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन बेडको अभाव भएकाले लामो समयदेखी बन्द रहेको यहाँस्थित साई कृष्ण मेडिकल कलेजमा ५७ बेडको थप आइसोलेशन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । उनले संक्रमण पुष्टि भई क्वारेन्टाइनमै बसिरहेका संक्रमितहरुलाई आइतबारै रातीसम्म ल्याई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित