बैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा ३५२ जना विरुद्ध उजुरी

काठमाडौं । बैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा पछिल्लो एक महिनामा ३५२ जना विरुद्ध उजुरी परेको छ।

ठगी गरेको आरोपमा बैदेशिक रोजगार विभागको अनुसन्धान तथा मुद्दा शाखामा उजुरी परेको हो। विभागले शुक्रबार ठगी गरेको आरोपमा उजुरी परेका ३५२ जनाको नाम सार्वजनिक गरेको छ ।

विभागले गत फागुन १७ देखि चैत १७ गतेसम्म परेका उजुरीका आधारमा सूची सार्वजनिक गरेको हो। यसमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

बुबा महेश भट्टको रोमान्सवारे खुलिन अभिनेत्री पूजा