नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ मा एक पुरुष आज मृत भेटिएका छन् । उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् ।
स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा छुरा प्रहार भएजस्तो घाउसहित मृतावस्थामा फेला परेका हुन् । उनकी ७० वर्षीय श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
उनका अनुसार घाइते गुलबासेनियालाई उपचारका लागि चितवन लगिएको छ । घरमा दम्पती मात्र बस्दै आएका र छोराबुहारी छुट्टै घरमा बस्दै आएको खुलेको छ । घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली खटिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)







