काठमाडौं । आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहकार्यमा आयोजित कार्यशाला आज यहाँ सम्पन्न भएको हो ।
कार्यशालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव पिताम्बर घिमिरेले आप्रवासन नीति, कार्यान्वयन र चुनौति’bout कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा वैदेशिक रोजगारले गर्दा आप्रवासन संस्कृति बढेको बताउँदै यसलाई सुरक्षित र मर्यादित बनाउन धेरै चुनौति थपिएको सुनाए ।
जनसङ्ख्याविद् प्राडा योगेन्द्रबहादुर गुरुङले नेपालको जनसङ्ख्या गणनाको प्रकिया र यसमा आप्रवासनको अवस्था’bout जानकारी दिए । मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदीले नेपालको आप्रवासन नीति, रोजगारको हक, श्रम ऐनको महत्त्वलगायत विषयमा जानकारी गराए । ऐन कानुनको व्यवहारिक जटिलता र जानकारीको अभावले कार्यान्वयन पक्ष प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।
कार्यशालामा ‘आइओएम रिजनल अफिस एसिया एन्ड प्यासिफिक’ थाइल्यान्डका प्रतिनिधि मिको अलाजले एसियाको आप्रवासन प्रवृत्ति’bout भर्चुअल माध्यमबाट जानकारी दिए । सोही क्षेत्रका प्रतिनिधि डा यु यिप चिङ्ग (एनि)ले एसिया प्रसान्त क्षेत्रको आप्रवासन’bout भिडियोमार्फत जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले आप्रवासनसम्बन्धी समाचार लेखन र शैलीमा अपनाउनुपर्ने संवेदनशीलता’bout आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रस्तोता असोक राईले डाटा सुरक्षा र गोपनियता र जनकराज भट्टले मिडियामा आप्रवासनका समाचार उठान गर्दा अपनाउनुपर्ने संवेदनशीलता’bout कार्यपत्र प्रस्तुत गरे ।
सम्बन्धित समाचार
पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
‘वैज्ञानिक अन्वेषण तथा विज्ञान र गणित प्रदर्शनी–२०८३’ आगामी वैशाख ३ देखि
आज केही स्थानमा वर्षा र हिमपात हुने
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
प्रधानमन्त्री बालेन तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
“२०८२”: राजनीतिक ‘सुनामी’को वर्ष
दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान






