‘लाइफ ड्यामेज’प्रति आशावादी सुरक्षा

काठमाडौं । हास्यप्रधान जनरामा निर्माण गरिएको चलचित्र ‘लाइफ ड्यामेज’ १ जेठमा आउने भएको छ । बुधबार काठमाडौँमा एक समारोहबिच यो चलचित्रको नृत्य प्रधान गीत ‘ब्युटिफुलम…’को भिडियो भिडियो सार्वजनिक गर्दै १ जेठको रिलिज मिति घोषणा गरिएको हो ।

सार्वजनिक गीतमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द रचना, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । यो गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन् ।

कन्टेन्ट क्रियटर निमेष श्रेष्ठले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक निमेष आफैँ अभिनेत्री सुरक्षा पन्तको जोडी बनेर प्रस्तुत भएका छन् । २०८२ मा सफल चलचित्र दिन नसकेकी सुरक्षाले ‘लाइफ ड्यामेज’बाट आफू सफलता प्रति आशावादी रहेको कार्यक्रममा बताइन् ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त र निमेष श्रेष्ठसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा प्रवीण खड्काको छायांकन, बिकेन कार्कीको सम्पादन, बटरफ्लाई फिल्म्सको वितरण रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण