कलाकारितासँगै राजनीतिमा फेरी फर्कन चाहन्छन् प्रकाश सपुत

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले समय आएपछि र पार्टीले जिम्मेवारी दिएपछि आफू फेरी पनि राजनीतिमा फर्कन सक्ने बताएका छन् । त्यसो त गत फागुनमा करिब डेढ महिना आफ्ना चलचित्र र गीत संगीतका सम्पूर्ण काम सकेर रउनी राजनीतिमा उत्रिएकी थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सूचीमा परेर पनि उनले सांसद हुने अवसर भने पाएनन् । त्यसपछि सक्रिय राजनीति छाडेर उनी आफ्नो पुरानै काममा फर्किएका थिए । प्रकाशमा राजनीतिक रस भने अझै सकिएको छैन ।

उनी यति बेला आफ्नो पछिल्लो चलचित्र ‘परालको आगो’मा व्यस्त छन् । गुरु प्रसाद मैनालीको कथामा निर्माण भएको यो चलचित्र शुक्रवारबाट नेपाल सहित विभिन्न देशमा रिलिज हुँदै छ । चलचित्रको ’boutमा काठमाडौँमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा यी अभिनेताले आफूले पूर्ण रूपमा राजनीति नछाडेको जिकिर गरेका छन् ।

यद्यपि समानुपातिकबाट सांसदमा बनेको भए पनि आफूले चलचित्र ‘परालको आगो’को काम सक्न र रिलिज गर्न समय दिन योजना रहेको उनले सुनाए । प्रकाशको भनाइमा यदि उनी सांसद बनेको भए अहिले जस्तो पूर्ण समय यो चलचित्रको लागि दिन सक्ने थिएनन् । तर, सांसद नभएकोमा उनलाई पछुतो भने छैन । आफू दर्शकको सेवक भएकाले चलचित्र र गीत संगीतबाट अहिले सेवा गरिरहेको पनि यी अभिनेताले बताए । यी कलाकार अहिले चलचित्रको व्यस्ततासँगै नयाँ गीत संगीतको सृजनामा पनि तल्लीन छिन् । चलचित्र ‘परालको आगो’ रिलिज पछि आफ्नो स्वरमा नयाँ गीत पनि उनले ल्याउने भएका छन् ।

आफूले नेपाली विषयमा अध्ययन गरेको कथाकार गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’मा मुख्य भूमिका निर्वाह गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । यो चलचित्रमा उनले अर्का अभिनेता सौगात मल्ल र अभिनेत्री सुहाना थापासँग काम गरेका छन् । लक्ष्मण सुनार निर्देशित यो चलचित्रमा आफूहरूले मैनालीको कथालाई न्याय गर्न ठुलो कोसिस गरेको पनि अभिनेता प्रकाश सपुतले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारी मिडियामात्रैलाई विज्ञापन दिने निर्णयविरुद्ध महासंघद्वारा प्रधानमन्त्रीलाई पत्र