कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा सञ्चालित १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाका नौवटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा तिलागुफा नगरपालिका १५ स्वर्ण, ११ रजत र पाँच कास्यसहित जिल्लामा प्रथम भएको हो ।
प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्यसहित कुल १२ पदक जितेर पलाँता गाउँपालिका द्वितीय भएको छ । आयोजक नरहरिनाथ गाउँपालिकाले तीन स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल २४ पदकका साथ तृतीय स्थान हासिल गरेको छ । पचालझरना गाउँपालिकाले तीन स्वर्ण जित्दा महाबै गाउँपालिकाले दुई स्वर्ण, सान्नीत्रिवेणी गाउँपालिका र खौडाचक्र नगरपालिकाले एक–एक स्वर्ण पदक जितेका छन् ।
रास्कोट नगरपालिका र शुभकालिका गाउँपालिकाले भने स्वर्ण पदक जित्न सकेनन् । रास्कोटले दुई रजत र पाँच कास्य पदक जितेको छ । शुभकालिका गाउँपालिका पदकविहीन बनेको छ । यस प्रतियोगितमा छनोट भएका उत्कृष्ट खेलाडीले अब प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा कालीकोट जिल्लाको प्रतिनिधित्व गर्नेछन् ।
सम्बन्धित समाचार
मानसिक स्वास्थ्य’bout विद्यालयमा अन्तरक्रिया, ६१ जना सहभागी
संघीयता कार्यान्वयन कठिन : कँडेल
विष्णु विवेकको पुस्तक ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन
महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल
रोलिङसँग फिदिम ३–० ले स्तब्ध
कर्णालीमा बेपत्ता बाबु छोराको शव भेटियो
ओमानद्वारा नेपाल ‘ए’सामु २८१ रनको लक्ष्य






