तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ ।

सुकुम्बासी बस्तीका घरटहरा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो ।

घरटहराभित्र सामान सार्ने काम भइरहेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ । यस क्षेत्रको खोला किनारमा सुकुम्बासीहरुले पक्की घर बनाएर बसिरहेका थिए । सरकारले खोला किनारको अव्यवस्थित बस्ती खाली गर्न केही दिन अघि माइकिङ गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग