रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको याक तथा चौँरी महोत्सव सम्पन्न भएको छ । उक्त महोत्सवबाट यहाँका किसान उत्साहित भएका छन् ।
चौँरीगाईपालन व्यवसायलाई प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट चौँरीको चीज, दूध, दही, छुर्पीलगायतका परिकार बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्न र उच्च हिमाली भेगमा आधारित पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने लक्ष्यसहित यही वैशाख १३ देखि १५ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो । आमाछोदिङ्मो–३ गतलाङस्थित वाङ्चो माने र यार्चामाने वन उपभोक्ता समितिअन्तर्गतको जङ्गललाई चरिचराउ क्षेत्रका रुपमा विकास गर्न समेत महोत्सवबाट मद्दत पुग्ने छ ।
गतलाङ क्षेत्रमा चौँरीसँगै भेडाबाख्रापालनसमेत हुने भएकाले भेडाको ऊनबाट उत्पादन हुने राडी, पाखी, गलैँचा, स्विटर, पटुका तथा टोपीजस्ता सामग्रीको बजारीकरण’bout महोत्सवमा जानकारी गराइएको गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष सुरेन्द्र तामाङले बताए ।
सम्बन्धित समाचार
मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
तेह्रथुमका आठ पत्रकार पुरस्कृत
नदीमा माछा पाइनै छाड्यो, संकटमा माझी समुदायको पेशा
राष्ट्रिय कौराहा सम्मेलन सुरु
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
१३औँ नेपाल उल्लु महोत्सवमा चार संरक्षणकर्मी सम्मानित हुँदै
‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’






