काठमाडौं । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा नहकुल सुवेदीको संवैधानिक इजलासले आज मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था खारेज गरेको हो ।
मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) मा भनिएको छ, “‘विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्तो विधवाको अघिल्लो पतितर्फका छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैँले लिन पाउने छ” भन्ने व्यवस्था रहेको छ ।
महिला कानुन र विकास मञ्च र आफ्नो तर्फबाट वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सो व्यवस्था खारेज गरेको हो ।
सम्बन्धित समाचार
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
क्याफे व्यवसायमा नेपाली अभिनेत्री
आजको मौसम : कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
गुराँसको राजधानी भरिभराउ, होटल नपाएर फर्कँदै पर्यटक
जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
राष्ट्रपति पौडेलद्वारा शनिबार एकसाथ तीन अध्यादेश जारी






