रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता झापाको बिर्तामोड युनाइटेडले हात पारेको छ। पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले आयोजक रारा फुटबल क्लबलाई हराउँदै बिर्तामोड युनाइटेडले उपाधि हात पारेको हो।

धनकुटा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप फुटबल प्रतियोगिता को १२ औं संस्करण पनि बिर्तामोड युनाइटेडले जितेको थियो। निर्धारित ९० मिनेटको अन्तिममा समयमा आयोजक राराले एक गोल गर्दै बिर्तामोडमाथि अग्रता लिएको थियो। अतिरिक्त नौ मिनेटमा रारा विरुद्ध बिर्तामोडले एक गोल फर्काएर खेल बराबरीमा पुर्‍यायो। यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो।

पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लब बिर्तामोडसँग ५-४ गोल अन्तरले पराजित भयो। उपाधि विजेता बिर्तामोड युनाइटेडका दिवस उराउ, संजय लिम्बु, मौसम सुब्बा, विवेक पौडेल र प्रशान्त लक्षमले गोल गरेका थिए। यस्तै उपविजेता बनेको रारा फुटबल क्लबका तर्फबाट किरण चेम्जोङ, विशाल भण्डारी, मणि लामा र शिशिर लेखीले गोल गरेका थिए।

दिपेश गुरुङको प्रहारलाई भने बिर्तामोड युनाइटेडका गोल रक्षकले विफल पारिदिएका थिए। यससँगै उपाधि विजेता बिर्तामोड युनाइटेडले ७ लाख रुपैयाँ नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेतामा सीमित रारा फुटबल क्लबले ३ लाख रुपैयाँमा चित्त बुझायो। खेलको म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका प्रशान्त लक्षम घोषित भएका छन्। उदयमान खेलाडीको उपाधि रारा फुटबल क्लबका लोकेन्द्र लिम्बुले प्राप्त गरेका छन्।

उत्कृष्ट गोलकिपर बिर्तामोड युनाइटेडका कप्तान अभिषेक बरालले प्राप्त गरेका छन्। यस्तै सर्वाधिक गोलकर्ता को पुरस्कार बिर्तामोड युनाइटेडका राजेश दाहालले प्राप्त गरेका छन्। उनले प्रतियोगिता अवधि भरमा ४ गोल गरेका थिए। उत्कृष्ठ खेलाडी रारा फुटवल क्लवका कप्तान किरण चेम्जोङ ले प्राप्त गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई