सुन्दरहरैंचामा ‘प्रथम अन्तर्राष्ट्रिय खोर्साने गोल्डकप’ हुने, विजेतालाई २ लाख पुरस्कार

सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–१०, खोर्सानेस्थित सुकुना खेल मैदानमा “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ। सुन्दर खोर्साने युवा क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी जेठ २ गतेदेखि सुरु हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

स्थानीय स्तरमा सामाजिक तथा खेलकुद गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको क्लबले फुटबलमार्फत युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगिता दैनिक दिउँसो २ बजेदेखि सञ्चालन हुने र प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य फुटबल खेलको सर्वाङ्गीण विकास गर्नु, खेलकुदमार्फत राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु तथा युवामा अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्नु हो। साथै, दुर्व्यसनमुक्त समाज निर्माण, पर्यटन प्रवर्द्धन तथा खेलकुद पूर्वाधार विकासमा समेत प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतियोगितामा आयोजक टोलीसँगै भारतको यू.के.एफ.सी दार्जिलिङ, इटहरीको राष्ट्रिय जागृति फुटबल क्लब र सहलेस फुटबल क्लब, सिराहा को सहभागिता रहने निश्चित भएको छ। अन्य टोलीहरूको सहभागिता’bout पनि छलफल भइरहेको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा सुन्दरहरैंचा १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकालले प्रतियोगिताले सुन्दरहरैंचाको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै स्थानीय तहले यस्ता सिर्जनात्मक र युवामैत्री कार्यक्रमलाई सधैं प्राथमिकतामा राख्ने बताए ।

उनले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र सकारात्मक सोचयुक्त नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै “खोर्साने गोल्डकपले स्थानीय प्रतिभालाई उजागर गर्नुका सुन्दरहरैंचालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्ने बताए । साथै, प्रतियोगिता सफल बनाउन सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवाला निकायको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको धारणा राखेका थिए।

आयोजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। फुटबलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्दै स्वस्थ जीवनशैली र खेल संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

६२ वर्षिय खड्का घर नजिकै मृत भेटिए