चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले केही बेरअघि मतपरिणाम सार्वजनिक गरेको हो ।
९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार थिए । प्रदेशतर्फ ३५ र खुलातर्फ ६४ केन्द्रीय चुनिएका छन् । निर्वाचित केन्द्रीय सदस्यहरु नै पदाधिकारीका लागि उम्मेदवार बन्न पाउने छन् ।
अब ६ पदाधिकारीका लागि उम्मेदवारी दर्ता हुने छ । विधानअनुसार दुई उपसभापति ९एक खुला र एक महिला०, एक महामन्त्री र तीन सहमहामन्त्री (दुई खुला र एक महिला) पदमा निर्वाचन हुने छ ।
आजै दोस्रो चरणको निर्वाचन गर्ने आयोगको कार्यतालिका छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की
कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : बालेन्द्र शाह
अद्यावधिकको नाममा सदस्यता खारेज गर्ने निर्णय अलोकतान्त्रिक भएको आरोप






