काठमाडौं । प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर कार्यक्रमको सन्दर्भमा स्वीटजरल्याण्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछेर आएका समाचारप्रति खेद व्यक्त गरे ।
पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खरेलले त्यस्ता अपुष्ट र गलत समाचार पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रेस काउन्सिल नेपालको पनि ध्यानाकर्षण गराए ।
तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)
सम्बन्धित समाचार
बालेन्द्र सरकारको एक महिना, ५० प्रतिशत प्रतिबद्धता कार्यान्वयन
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
मरिसकेको मान्छे ‘खडा’ गराई जग्गा नामसारी गराउने ७ जनाविरुद्ध मुद्दा
शेखर गोल्छाको मुद्दा : अदालतलाई कहिले समय पुग्दैन, कहिले हेर्नै मिल्दैन
अमेरिकी विशेष दूत गोरले भेटे परराष्ट्र र अर्थमन्त्री
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
आज केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना






