कामिरिताले तोडे आफ्नै विश्व कीर्तिमान, ३२औं पटक पुगे सगरमाथाको शिखरमा

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान १० बजेर १२ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

‘३२औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेन समिट ट्रेक्सले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौंमा उनको भव्य स्वागतको तयारी गरिँदैछ ।’

कामिरिता सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी पनि हुन् । ‘एभरेस्ट म्यान’को उपनामले समेत चिनिने उनले सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका थिए ।

कामिरितालाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रूपमा लिइन्छ । उनले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

सुख्खा रोटीबाट आत्मनिर्भरताको यात्रा