महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित ३२औँ वार्षिकोत्सवको अवसरमा देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रम गरेको छ।

वार्षिक कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता सहितको प्रभातफेरी, निःशुल्क स्वास्थ्य, दन्त तथा आँखा शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ।

त्यसैगरी रक्तदान कार्यक्रममार्फत २०० पिन्ट रगत संकलन गरिएको छ। सांस्कृतिक संरक्षण र सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर सरसफाइ, सामग्री हस्तान्तरण तथा डिजिटल दक्षिणा प्रवर्द्धनमा समेत बैंकले सहयोग गरेको छ।

कर्मचारी सहभागितामा स्थानीय भेषभूषा प्रदर्शन, साथै विभिन्न सांस्कृतिक तथा सामाजिक गतिविधिहरू समेत आयोजना गरिएको बैंकले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न