रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् ।

रविसँगको भेटपछि मोदीले नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रविको इच्छामा आफ्नो समर्थन रहेको पनि बताएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत गर्दछु र पूर्ण रूपमा सहमत पनि छु’, उनले लेखेका छन्, ‘हाम्रो ‘छिमेकी पहिलो नीति’अन्तर्गत नेपाल एक प्राथमिक साझेदार देश हो ।’

उनले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको पनि बताए । ‘हामी हाम्रा दुई देशहरूबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ’, उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ