अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदा दुरुपयोग गरेकाहरूबाट सरकारले १० करोड ४६ लाख रुपैयाँ असुल गरेको छ।

शिक्षा मन्त्री एवं विश्वविद्यालयको सहकुलपति सस्मित पोखरेलले बिहीबार आफ्नो समाजिक सञ्जालमा स्ट्याटस लेख्दै यस’bout जानकारी गराएका हुन् । ‘उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने हाम्रो अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ,’ मन्त्री पोखरेलले लेखेका छन्, ‘शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिभुवन विश्वविद्यालयको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म रु. १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको छ। यससँगै थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका छन्।’

मन्त्री पोखरेलका अनुसार त्रिविमा अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर हो। तर सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षति समेत पुर्‍याएको छ।

‘यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेको थियो,’ उनी थप लेख्छन्, ‘त्यसपछि गरिएको छानबिन र कानुनी प्रक्रियाको परिणामस्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको छ।’ उनले यो उपलब्धिलाई केवल रकम असुलीको विषय नभइ सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम रहेको विश्वास व्यक्त गरे।

शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ गर्दै सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले जनाएका छन्। सरकारले त्रिविको अध्ययन बिदा दुरुपयोगको अध्ययन अनुसन्धान गर्न गठन गरेको समितिले त्रिविका शिक्षकहरूबाट बिदावापत दुई अर्ब रकम असुली गर्नुपर्ने अनुमान गरिएको समिति संयोजक डा. जीवन काफ्लेले जानकारी दिए।

उनका अनुसार ३९८ जनाले अध्ययन बिदाको दुरुपयोग गरेका थिए। जसमध्ये ६१ जना शिक्षक सम्पर्कमा आएका थिए। तीमध्ये पनि बिहीबारसम्म ४४ जनाबाट उक्त रकम असुली भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश