काठमाडौं । सरकारले अध्ययन तथा असाधारण बिदामा बसेका, तर बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्कविहीन भएका कर्मचारीहरूलाई कारबाहीको चेतावनी दिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना निकाल्दै बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्किएका र व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नगरेका कर्मचारीलाई ३ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।
कानुन बमोजिम अध्ययन वा असाधारण बिदा लिएका केही निजामती कर्मचारीहरू बिदा सकिएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा नरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ ।
आफ्नो अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएको भए ३ दिनभित्र अनिवार्यरूपमा अद्यावधिक गराउन भनिएको छ ।
सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भएरनभएको अवस्था तथा अन्य आवश्यक किताबखानासँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अद्यावधिक गराउनुपर्ने सूचनामा लेखिएको छ ।
सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीद्वारा जारी सूचनामा लामो समयदेखि सम्पर्कविहीन कर्मचारीको कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।

सम्बन्धित समाचार
रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता
पाँच दिने भ्रमणको लागि दिल्ली उडे लामिछाने
राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध
पूर्वराज्यमन्त्री सिंहलाई चार वर्ष एक महिना कैद






