नेपालका उद्योगी व्यापारीले भारत तथा तेस्रो मुलुकबाट पैठारी गरेका तयारी सामान र कच्चा पदार्थ बोकेर नेपाल भित्रिएका कन्टेनरले यतिबेला मुलुकको पहिलो सुक्खा बन्दरगाह खचाखच भरिएको छ । रेलमार्फतसुक्खा बन्दरगाहसम्म आइपुगेका कन्टेनरले पर्साको वीरगन्जस्थित सिर्सियामा रहेकोसुक्खा बन्दरगाह खचाखच भरिएको हो ।
समयमा कन्टेनर नउठ्नु र आयात प्रतिस्थापनमा बल नपुग्नु यसको कारण देखिएको छ । सुक्खा बन्दरगाह भरिए पनि हरेक दिन थप दुईवटा रेल (बोलचालको भाषामा -याक)बाट बन्दरगाहमा भित्रिने कन्टेनरको चाप रोकिएको छैन । एउटा ¥याकमा ९० वटा कन्टेनर हुन्छन् । दुईवटा -याक प्रायः आइरहेकै छन् सुक्खा बन्दरगाह व्यवस्थापन जिम्मा लिएको हिमालयन टर्मिनल प्रालिका सीईओ विष्णुकान्त चौधरीले भने ।
यतिबेला बन्दरगाह अतिरिक्त खचाखच हुनुको अर्को कारण विश्वव्यापी कोरोनाको कहरसँग जोडिएको छ । सहायक कारण भने टर्मिनल प्रालिले समयमा लोडिङ अनलोडिङ नगरिदिनु, उद्योगी व्यापारीले कोरोना न्यूनीकरणका लागि लगाइएको लकडाउनको कारण देखाउँदै भन्सार छुटाउन आलटाल गर्नु र समयमा कन्टेनर नउठाइदिनु रहेको छ ।
जवर्बस्त प्रमुख कारण भनेको मुलुक स्वनिर्भर नहुँदा आयात प्रतिस्थापन नभई लकडाउनका समयमा पनि पैठारी हुनेक्रम नियमित भइरहनु खुलेको हो । आयातकर्ताले तुरुन्त कन्टेनर नउठाउने हो भने अब रेल नै रोक्नुपर्ने अवस्था आउने टर्मिनलका सीईओ चौधरीले तर्क गरे । पैठारीकर्ताको भने समयमा मालवाहक सवारी नपाउने, लोडिङ अनलोडिङ नहुने र गोदाममा राख्ने ठाउँ पनि अपुग भएको दावी छ । उता वीरगन्ज भन्सारको मातहतको आईसीपीमा पनि मालवाहक सवारीको चाप कम छैन ।
पैठारी गरिएका मालवस्तुमा बढी खाद्यान्न, तयारी अवस्थाका सामान र केही उद्योगको कच्चा पदार्थ रहने गरेकोछ । यसरी समयमा नै मालवस्तुका कन्टेनर र सीमा पारबाट आएका सवारी गन्तव्यसम्म नपुग्दा आयातकर्तालेहरेकदिनकोडिटेन्सन चार्ज तिर्नुपर्नेहुन्छ । त्यो चार्ज अन्तिममा उपभोक्ताको टाउकोमा जोडिने गरेको छ । नेपालको प्रवेश बिन्दुबाट सुरु हुँदै कोरोनाको कहरसँग मिसिएर मोटाएको समस्या अन्ततः खान नपाई रोडमा नै उत्तानो परेर ज्यान गुमाउनुपर्ने श्रमिकको पेटसम्म जोडिएको छ ।
समस्याको मूल चुरो नेपाली आत्मनिर्भर नभई परनिर्भर हुँदा चुलोदेखि चौकासम्मको सामानबाहिरैको आयातमा गएर ठोकिन्छ ।मुलुकले यतिबेला कोरोनाको बढीजोखिम उठाउनुपर्नाको विशेष कारण पनि नेपाली आत्मनिर्भर नहुँदा आर्थिक उपार्जनका लागि बाहिरिएर अहिले स्वदेश फर्कंदा कोरोना पनि सँगै खुल्ला सीमा कटेको पाइएको छ ।
यस्तै विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) को प्रकोपले प्रदेश नम्बर २ लाई हप्तादिन अघि खासै तनाव दिएको थिएन । तर, गएको हप्ता १० दिनयता आर्थिक उपार्जन र अध्ययनलगायतका लागि भारत गएर फर्कने नेपालीसँगै कोरोना पनि ह्वात्तै सीमा कटेको तथ्यांकले आफै पुष्टि गरेको छ ।प्रदेश २ मा अहिलेसम्म संक्रमित पुष्टि भएका अधिकांश भारतबाट फर्किएका नेपालीमा देखिएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गएको चैत ३० गते प्रदेश २ मा पहिलो कोरोना भाइरस तीन भारतीय जमातीमा पुष्टि भएको थियो । भारतीय जमाती हुँदै प्रदेश छिरेको भाइरस पछिल्लो हप्ता १० दिनमा ह्वात्तै बढेर मंगलबार साँझसम्म ८ सय १५ पुगेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।समुदायसम्म छिर्न थालेको कोरोना भाइरस अझ फैलन नदिन व्यवस्थापनको सकस प्रदेशमा भइरहेको उनको तर्क छ । ‘यसका लागि सीमा व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन र उपचार व्यवस्थापन गरी चार चरणमा व्यवस्थापन गर्नुपर्ने चुनौती छ,’ उनले भने, ‘यसका लागि प्रदेशभित्र सबैको सामन्जस्यमा मात्र गर्न सकिन्छ ।’
प्रदेश २ मा अहिलेसम्म ३ सय ८५ मौजुदा क्वारेन्टाइनमध्ये अधिकांश क्वारेन्टाइन विद्यालयमा नै बनाइएको छ । ती क्वारेन्टाइनमा रहेका २७ हजार ५ सय १४ बेडमध्ये पछिल्लो समयमा भारतबाट हजारांै संख्यामा आएका नेपालीलाई क्वारेन्टाइनमा राख्दा २२ हजार ९ सय १८ बेड सोमबारसम्म भरिसकेका प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. घिमिरेले बताए । प्रदेशभरि तयारी अवस्थामा बनाइएको आइसोलेसन वेड ८ सय ७५ रहेकोमा ५ सय १५ भरिसकेको उनको भनाइ छ । कोरोनाको कारण मुलुकको अन्य भागमा जस्तै प्रदेश २ मा पनि शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार सबै क्षेत्र नराम्ररी प्रभावित भएको भएको छ ।
यसले नेपाल र प्रदेश २ मा पनि अर्थतन्त्र मात्र होइन शैक्षिक गतिविधिमा ठूलो असर पारिरहेको छ । बल्लबल्ल विद्यालयसम्म पु¥याएका यो प्रदेशका अधिकांश बालबालिकाको पढ्ने बानी हराइसकेको छ । पछि पुनः सबैलाई विद्यालयसम्म ल्याउन साह्रै सकस हुने यो प्रदेशका शिक्षाविद्ले बताइरहेका छन् । विश्वका करिब पौने २ अर्ब विद्यार्थी केही महिनादेखि शिक्षालय बाहिर रहेपछि यो प्रदेशका विद्यार्थी पनि त्यसभन्दा अछुतो छैनन् । चञ्चले अवस्थाका विद्यार्थी कोचिएर घरमा बस्नुपर्दा मानसिक तनावमा रहेका तथा विभिन्न किसिमको दुव्र्यसनीमा लाग्ने खतरा बढेर गएको शिक्षाविद् तथा पर्साको ठोरी गाउँपालिकाको एक शिक्षालयका प्राचार्य केशव रेग्मीले बताए । महामारीको यो चपेटामा शैक्षिक क्षेत्र र त्यसमा अध्ययनरत बालबालिका नराम्रोसँग प्रभावित हुने परिस्थिति सिर्जना भएको उनको तर्क छ । यद्यपि, केही शिक्षालयले अनलाइनमार्फत,रेडियो,एफएम,टिभीबाट सिकाइ कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर, पहुँच नपुग्ने भएकाले सबै शिक्षार्थीलाईसो सेवाले नछुने उनको तर्क छ ।
प्रदेश २ मा कोरोना महामारी कारण लामो समय शिक्षालय बन्द हुँदा विद्यालय जाने उमेर समूहका बालबालिकामध्ये ३०÷४० प्रतिशत शिक्षालयबाट बाहिरिन सक्ने विज्ञले आँकलन गरिरहेका छन् । यस्तो अवस्थामा सिंगो राष्ट्रको नै साक्षरता र शैक्षिक सुनिश्चितता सूचक गिरावट आउने र मानव विकास सूचकांकमा समेत असर पर्ने उनीहरूको दाबी छ ।यता प्रदेश २ को एक मात्र वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले दूरी कायम गरी कर्मचारी आएर आन्तरिक कार्य प्रारम्भ गर्न जमर्को गरे पनि धेरै विद्यालय क्वारेन्टाइनका रूपमा रहेको बताए । साक्षरता उन्मुख र शैक्षिक सुनिश्चितता हुन लागेका दुई सूचकबाट मुलुक पछाडि हुने अवस्था छ ।
भाइरसको संक्रमणबाट प्रदेश २ मा रहेको वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका औषधि, खाद्यान्न र अत्यावश्यक सामग्री उत्पादक कम्पनी वाहेकका सबै उद्योग बन्द छन् । यो प्रदेशको मूल औद्योगिक कोरिडोर नै यही हो । यो कोरिडोरमा अत्यावश्यक सामग्री उत्पादक कम्पनीमध्ये पनि सबै सञ्चालनमा नभएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । उद्योग व्यापार तथा अर्थतन्त्र धरासयी भइसक्यो । अब कोरोना तुरुन्तै निमूल हुने अवस्था नभएकाले दूरी कायम गरी यो उद्योग व्यवसाय पनि विस्तारै खोल्दै अघि बढ्नुको विकल्प नभएको उनको तर्क छ । पसल कुन किसिमको छ ? त्यहीअनुसार रोटेसन गरेर बढी मानिसको भीड नहुने गरी खोल्ने कुरामा उद्योग वाणिज्य संघ पुगेको उनले बताए । झन्डै ११÷१२ सय उद्योग छन् । जसमा करिब १ लाख श्रमिक काम गर्छन् । अब ती उद्योग र श्रमिकको अवस्था दयनीय हुन थालेको अध्यक्ष केडियाले दाबी गरे ।
यो क्षेत्रका सहित अत्यावश्यक उद्योगमध्ये २५ प्रतिशत जति मात्र सञ्चालनमा रहेको र बाँकी अधिकांश उद्योग व्यापार लकडाउनसँग बन्द रहेको उद्योग वाणिज्य महासंघ प्रदेश २ का उपाध्यक्ष अशोक वैद्यले बताए । हरेक पेसा व्यवसाय यातायातलगायत आयआर्जन गर्ने हरेक स्रोत खुम्चिदै गएका छन् ।






