पोखरा । पोखराका पूर्व बैंकर रेशम बहादुर थापाको दुर्घटनामा परी निधन भएको छ । बिहीबार बेगनास–भोर्लेटार सडकखण्डको पचभैयामा कार दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
उक्त सडकखण्ड हुँदै पोखरा आउने क्रममा उनले चलाएको बा १३ च ४२०९ नम्बरको कार बिहीबार बेलुका ६ बजेर २५ मिनेटमा पचैयामा दुर्घटनामा भएको हो । दुर्घटनामा घाइते थापालाई तत्काल मोहरियास्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल लगिएकोमा चिकित्सकले ७ बजेर १५ मिनेटमा मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले दिए ।
दुर्घटना’bout प्रारम्भिक अनुसन्धान भइरहेको उनले बताए । कार सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
थापा फेवा फाइनान्सहित गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । निकै मिजासिला स्वभावका उनी विभिन्न संघसंस्थामा आबद्ध थिए ।
उनका २ भाइ छोरामध्ये जेठा छोराको पनि यसअघि काठमाडौंमा दुर्घटनामै परी ज्यान गएको थियो । पोखरा ३१ का वासिन्दा उनी पछिल्लो समय पोखराको गैह्रापाटन बस्दै आएका थिए ।
सम्बन्धित समाचार
सशस्त्र प्रहरीका जवानसहित २ जना महाकाली नदीमा डुवेको आशंका
पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
बिहानै मदिराले मातेपछि…
भीरबाट लडेर एक किशोरको मृत्यु
लमजुङको लेकाली भेकमा धान रोपाई सुरु
व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय






