नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो

काठमाडौं । विश्वकप समूह ‘एफ’ को खेलमा एसियाली मुलुक जापान र नेदरल्यान्डबीच खेल २–२ गोलको बराबरीमा सकिएको छ । अमेरिकाको डल्लास स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा अन्तिम समयमा गोल फर्काएर जापान हारबाट जोगिएको हो ।

मध्यान्तरअघिसम्म गोल नभइ सकिएको खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । खेलको ५० औं मिनेटमा रायन ग्रेभनबर्चको पासमा डिफेन्टर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्डलाई १–० को अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा जापानका केइतो नाकामुराले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि नेदरल्यान्डका लागि ६४ औं मिनेटमा क्राइसेन्सियो समरभिलले गोल गर्दै खेल २–१ को बनाए । निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा जापानका कोकी ओगावाले गोल गर्दै जापानलाई २–२ को स्थितिमा पु¥याए ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण