काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले चिया उद्योग र किसानका समस्याप्रति गम्भीर नभएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा आज बोल्दै प्रमुख सचेतक राईले भारतले चीया निर्यातमा अघोषित प्रतिबन्ध लगाएका कारण इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसानहरू गम्भीर संकटमा परेकोसमेत जनाए ।
‘मैले योसँग सातौँ पल्ट भयो यो कुरा उठाएको। प्रधानमन्त्री मन्त्रीहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको, उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ तर वार्षिक ३ करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन’ उनले भने ।
उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकको रोजगारी गुमेको तथा उद्योगीहरू बैङ्कको ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।
सम्बन्धित समाचार
अनुसन्धानको दायरामा ५० हजार तर विवरण भर्ने जम्मा ६ सय
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
‘मौकाको बोली’को गलत व्याख्या गर्दै भूतलक्ष्यी कानुन बनाउन सिफारिस
रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
ओली, लेखक र गुरुङलाई कारबाही गर्ने कानुनको खोजीमा सरकार
आफ्नै दम्भले खस्कँदै कांग्रेस–एमाले






