६ वर्षसम्म बनेन् बुडर–जोगबुडा सडक खण्डको खप्वाखोला पुल

डडेल्धुरा । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ६ करोड रकम लागतको पक्की मोटरेबल पुल ६ वर्ष बितिसक्दासम्म निर्माण सम्पन्न हुन सकेको छैन । जिल्लाको महत्वपूर्ण सडक खण्ड बुडर–जोगबुडाको खप्वा खोलाको पुल निर्माण हुन नसक्दा जोगबुडाबासीलाई सास्ती छ । जिल्लाको करिब आधा जनसंख्या रहेको भित्रिमधेश जोगबुडा क्षेत्रलाई जिल्ला सदरमुकाम र अन्य जिल्लाहरुसँग जोड्ने यस सडक खण्डको खहरे खोलामाथिको पुल ६ वर्षसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्दै आइरहेका छन् ।

दुई स्पाम भएको प्रिस्ेटेज प्रबिधिमा निर्माण हुने यस पुलको काम करिब आधा निर्माण गरी अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीको लापरवाहीका कारण परशुराम नगरपालिका १२ मा पर्ने खप्वा खोला पुल चार वर्षयता अलपत्र अवस्थामा छ । दुई पटक म्याद थप गर्दासमेत पुल निर्माणको करिब आधा काम मात्रै भएको सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ सालमा राजेन्द्र निर्माण सेवाले पुल निर्माणको जिम्मेवारी पाएको थियो ।

पछिल्लो पटक २०८२ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि निर्माणले काम नै सुरु नगरेको उनले जानकारी दिए । पुल निर्माणका लागि प्रयोग गरिएका छडमा खिया लागेर जीर्ण बनेको र कतिपय सामग्री चोरीसमेत उनले बताए ।

परशुराम नगरपालिकाका लागि प्रमुख सडकका रुपमा रहेको बुडर–जोगबुडा सडक खण्डअन्र्तगत यस खोलामा पुल निर्माण हुन नसक्दा यस क्षेत्रका स्थानीयलाई वर्षात्को समयमा आवतजावतका लागि समस्या हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

खाद्य सुरक्षावारे सकारात्मक संकेत