आजपाद्वारा शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाएको कर हटाउन माग

पोखरा । आम जनता पार्टी (आजपा)ले शिक्षा, स्वास्थ्य तथा बिजुलीमा सरकारले लगाएको कर हटाउन माग गरेको छ । आजपा कास्की जिल्ला कमिटीको आज पोखरामा बसेको जिल्ला कमिटीको बैठकले सरकारले शिक्षा, स्वास्थ्य तथा बिजुलीमा लगाएको कर हटाउन माग गरेको हो ।

आजपा कास्कीका जिल्ला अध्यक्ष मनु गुरुङले संविधानले मौलिक अधिकार सरकारले उपलब्ध गराउनुपर्ने शिक्षा, स्वास्थ्य जस्ता अतिआवश्यक क्षेत्रमा कर लगाउनु ठिक नभएको बताइन् ।

‘संविधानले नै शिक्षा, स्वास्थय नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर सरकारले संविधानकै उल्लंघन गर्दै कर लगाउनु ठिक होइन् । सर्वसधारण जनताको जनजिवन सहज बनाउनुको साटो सरकारले झन कष्टकर बनाउने काम गरिरहेको छ । त्यसैले हामीले शिक्षा, स्वास्थ्य तथा बिजुलीमा लगाइएको कर हटाउन माग गरेका छौं,’ आजपा कास्की अध्यक्ष गुरुङले भनिन् ।

आजपा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरको प्रमुख आतिथ्यमा बसेको बैठकमा गण्डकी प्रदेशका इन्चार्ज सन्तोष शाह, सहइन्चार्ज भोजराज त्रिपाठी, उपाध्यक्ष हरि थापा, केन्द्रीय सदस्यहरु सुर्य गुरुङ, मिना गुरङ, रुपा रंजित, पबित्रा मल्ल लगायतको बिशेष सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

आजपाद्वारा शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाएको कर हटाउन माग