बिष्णु पौडेललाई आजै अदालतमा उपस्थित गराइने

काठमाडौं  । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ल्याइएको छ । 

हिजो सुर्खेतमा पक्राउ परेका पौडेललाई नेपालगञ्ज हुदैँ स्थलमार्गबाट आज पुल्चोक, ललितपुरस्थित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। उनलाई माइक्रोबसमा राखेर बिभागमा ल्याइएको हो ।

अब विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ । विभागले सम्पत्ति शुद्धिकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको हिजो नै जनाइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

मध्य असारमा होल्डिङ्ग सेन्टर खाली गर्न निर्देशन