क्रिटिक्स अवार्ड विजेतामा हरिवंशदेखि मीन भामसम्म

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१/ २०८२ को विजेता घोषणा गरेको छ । जेनजी आन्दोलनका कारण गत वर्षको अवार्ड त्यति बेला आयोजना गर्न नसकेको समाजले जनाएको छ । सोही कारण दुई वर्षको अवार्ड यो साता एक समारोहबिच संयुक्त रूपमा प्रदान गरिने घोषणा समाजले गरेको छ ।

समाजले वर्ष २०८१ /२०८२ मा प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा विभिन्न विधाहरूमा उत्कृष्ट स्रष्टाहरूको छनोट गरी नतिजा बिहीबार सार्वजनिक गरेको छ ।

‘क्रिटिक्स फिल्म अवार्ड २०८२’को विजेताहरू अन्तर्गत उत्कृष्ट चलचित्रमा ‘ऊनको स्वीटर’ परेको छ । यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड नवीन चौहानलाई प्रदान गरिने भएको छ । यस्तै उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘भूठान’बाट हरिवंश आचार्यलाई, उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘रमिताको पिरती’बाट आना शर्मालाई प्रदान गर्ने घोषणा समाजले गरेको छ । यस्तै उत्कृष्ट पटकथा ‘ऊनको स्विटर’बाट नवीन चौहान÷सुरज कटुवाल, उत्कृष्ट छायांकार ‘भूठान’बाट सुशन प्रजापति, उत्कृष्ट सम्पादन पनि ‘भूठान’बाटै अञ्जय खड्का, उत्कृष्ट पाश्र्व संगीतको अवार्ड ‘ऊनको स्वीटर’बाट कोविद बज्रलाई प्रदान गरिने घोषणा समाजले गरेको छ ।

‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ अन्तर्गत समाजले उत्कृष्ट चलचित्र ‘शाम्बाला’, उत्कृष्ट निर्देशक ‘शाम्बाला’बाटै मीनबहादुर भाम, उत्कृष्ट अभिनेत्री पनि ‘शाम्बाला’बाट थिन्ले ल्हामो घोषणा गरेको छ । यस्तै उत्कृष्ट अभिनेता ‘गाउँ आएको बाटो’बाट दयाहाङ राई, उत्कृष्ट पटकथा÷लेखन ‘सानो संसार’बाट सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी, उत्कृष्ट छायांकार ‘आँखा’बाट आलोक शुक्ला, उत्कृष्ट सम्पादक ‘राजागञ्ज’बाट जे. हिम ली र एलेक्स गुर्भिट्स घोषणा समाजले गरेको छ । यसै गरी उत्कृष्ट साउन्ड डिजाइनको अवार्ड ‘गाउँ आएको बाटो’बाट किशोर आचार्यलाई, स्पेसल मेन्सन (अभिनय) अवार्ड ‘बोक्सीको घर’बाट सुपला सापकोटालाई र स्पेसल मेन्सन (कला निर्देशन) अवार्ड ‘पूर्ण बहादुरको सारंगी’बाट रोशन दिवानालाई प्रदान गरिने घोषणा चलचित्र समीक्षक समाज, नेपालले गरेको छ ।

वर्षभरी निर्माण भएर प्रदर्शनमा आएका चलचित्रहरूलाई समीक्षकहरूले गरेको समीक्षाको आधारमा यो अवार्ड प्रदान गरिँदै आएको समीक्षक समाज नेपालका अध्यक्ष सामीप्य तिमिल्सिनाले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता