नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै

काठमाडौं । नेपाल एनिमेसन र भिएफएक्स कलाकार संघले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘अभान एनिमेसन चलचित्र महोत्सव २०२६’ आयोजना गर्ने भएको छ ।

‘मैले देखेको नेपाल’ अवधारणामा निर्माण भएका एनिमेसन चलचित्रलाई यो महोत्सवमा सहभागी गरिने आयोजक पक्षले जनाएको छ । चलचित्र विकास बोर्डमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सव’bout आइतबार जानकारी गराइयो ।

आयोजक संस्था नेपाल एनिमेसन र भिएफएक्स कलाकार संघका अध्यक्ष विक्रम मानन्धरले यो महोत्सव आगामी कात्तिकमा आयोजना गर्न लागेको बताए । एनिमेसन र भि.एफ. एक्स चलचित्रको यो नेपालको पहिलो महोत्सव भएको पनि उनले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्दै महोत्सवले नेपालमा एनिमेसन तथा भिएफएक्सबाट चलचित्र बनाउने कलाकारहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

महोत्सवमा एनिमेटेड लघु चलचित्रहरू प्रदर्शनसँगै ‘कन्सेप्ट आर्ट च्यालेन्ज’ तथा विभिन्न एनिमेसन प्रतियोगिता आयोजना गरिने आयोजक पक्षले जनाएको छ । महोत्सवका लागि २ मिनट देखि १० मिनेटसम्मका एनिमेसन तथा भिएफएक्समा आधारित लघु चलचित्र सहभागी गराउन पनि आयोजक पक्षले आह्वान गरेको छ।

अन्तर्राष्ट्रिय चलचित्र तथा गेम स्टुडियोका विभिन्न परियोजनामा काम गरिरहेका १२ जना नेपाली एनिमेसन कलाकार तथा एनिमेटरहरूले तयार गरेको विभिन्न भिडियो पनि कार्यक्रममा देखाइयो । प्रस्तुतिले विश्वव्यापी एनिमेसन, चलचित्र, गेमिङ तथा भि.एफ.एक्स उद्योगमा नेपाली कलाकारहरूको बढ्दो उपस्थिति र योगदान रहेको जानकारी गरायो ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता