काठमाडौं । अग्रज हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ सोमबार निकै भावुक देखिए । उनको जीवन आधारित वायोपिक चलचित्र ‘मदनकृष्ण’को सोमबार काठमाडौँमा भव्य समारोहबिच निर्माण घोषणा हुँदै थियो । सोही कारण आफ्नो लागि आजको दिन जीवनकै अविस्मरणीय रहेको उनले बताए ।
नेपालमा वायोपिक चलचित्र निकै कम बन्ने गरेका छन् । यो संख्या अझै एक दर्जन पनि नाघेको छैन । त्यसमा पनि नेपालको वायोपिक चलचित्र बन्ने चलचित्र कलाकारको सूचीमा पहिलो नम्बरमा पर्न पाउँदा अत्यन्त खुसी लागेको उनले बताए । आफू जीवितै रहँदा यसरी आफ्नो ’boutमा कसैले वायोपिक चलचित्र नै बनाउँदा भनेर नसोचेको कथन उनको थियो । निर्माता राजकुमार श्रेष्ठ आफ्नो ’boutमा वायोपिक चलचित्र बनाउने प्रस्ताव लिएर आउँदा सुरुमा मदनकृष्णलाई पत्यार लागेको थिएन । तर यस अघि दुई वटा सफल वायोपिक चलचित्र बनाइसकेका निर्देशक मिलन चाम्सले आफ्नो वायोपिक चलचित्रको निर्देशन गर्ने जानकारी पाएपछि भने उनी यो चलचित्रप्रति पूर्ण आशावादी भएका छन् ।
नेपालमा करिब दुई दशक अघि तत्कालीन काँग्रेसका नेता गणेशमान सिंहको जीवनीमा उनको वायोपिक चलचित्र बनेको थियो । त्यसै बेला आदिकवि भानुभक्तको जीवनीमा आधारित वायोपिक चलचित्र यादव खरेलले बनाएका थिए । त्यसपछि गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा वयोपिक चलचित्र ‘आचार्य’ निर्माण भएको हो । यसरी नेपालीमा विस्तारै अघि बढेको वायोपिक चलचित्र निर्माणको यात्रा यति बेला आफूमा आइपुग्दा खुसीको सीमा नरहेको मदनकृष्णले बताए ।
अहिले निर्माण घोषणा गरिएको यो चलचित्रको नाम ‘मदनकृष्ण’ नै राखिएको छ । सोमवार घोषणा समारोहमा यो चलचित्रको शीर्षकसँगै केही दृश्य पनि सार्वजनिक गरियो । निर्देशक मिलन चाम्सका अनुसार चलचित्रमा कलाकार मदनकृष्ण श्रेष्ठको बाल्यकाल, कला र अन्य क्षेत्रको संघर्षदेखि अहिलेसम्मको सफलतालाई वायोपिकमा उतारिने भएको छ । उनका अनुसार चलचित्रमा मध्यान्तर अघिसम्म मदनकृष्णको भूमिका अन्य कलाकारले निर्वाह गर्ने छन् । त्यसपछि भने मदनकृष्ण आफैँ प्रस्तुत हुनेछन् । चलचित्रको छायांकन अर्को महिनाबाट सुरु गरिने निर्माण पक्षको कथन छ ।
पछिल्लो एक दशकदेखि पार्किन्सन्स रोगको समस्या भोगिरहेका मदनकृष्णलाई सहजै हिड्डुल गर्न र बोल्न केही समय यताबाट गाह्रो छ । आफूलाई पार्किन्सन्स भए यताको चरित्रलाई उनी आफैँले यो वायोपिकमा निर्वाह गर्ने भएका छन् ।
यस अघि बविता गुरुङको जीवनीमा आधारित वायोपिक चलचित्र ‘बोबी’ र महिला राष्ट्रिय फुटवल टिमकी क्याप्टेन एन्जिला तुम्वापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को निर्देशन गरेर मिलन चाम्सले दुबै चलचित्रमा सफलता हाँसिल गरेका छन् । यसै बिच तेस्रो वायोपिकको रुपमा आफूलाई निर्माता राजकुमार श्रेष्ठले यो जिम्मेवारी सुम्पँदा सुरुमा विश्वास नलागेको मिलनले बताए । तर जब उनले मदनकृष्णको जीवनी पुस्तक ‘मदनकृष्ण’ पढे । त्यसपछि भने यी अग्रज कलाकारको वायोपिक चलचित्र बनाउन आफूमा उत्साह बढेको पनि निर्देशक मिलन चाम्सको कथन छ ।
सोमबार बायोपिक चलचित्र ‘मदनकृष्ण’ घोषणा समारोहमा अर्का कलाकार हरिवंश आचार्य त्यत्तिकै खुसी थिए । समारोहमा मदनकृष्णलाई यसपत्री माला लगाउँदै उनले यो चलचित्रको लागि शुभकामना दिए । मदनकृष्ण र हरिवंश ‘मह जोडी’को रूपमा लामो समयदेखि परिचित छन् । त्यसैले वायोपिक चलचित्र ‘मदनकृष्ण’मा हरिवंश पनि दोस्रो शीर्ष भूमिकामा रहेका छन् । हरिवंश विना चलचित्रको कल्पना समेत गर्न नसकिने निर्माण पक्षको कथन छ ।
यति मात्र हैन, मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र ‘मदनकृष्ण’ रिलिजपछि यही टिमले हरिवंश आचार्यको जीवनीमा आधारित वायोपिक चलचित्र ‘हरिवंश’ पनि निर्माण गर्ने घोषणा सोमवार नै गरेको छ । यसरी आफू माथि पनि वायोपिक चलचित्र निर्माण हुन घोषणाले थप खुसी बनाएको हरिवंशको कथन थियो ।
निर्देशक मिलन चाम्सका अनुसार मदनकृष्ण श्रेष्ठका परिवार, उनीसँग जोडिएका विभिन्न कलाकारहरूको पनि यो चलचित्रमा अभिनय रहने छ । मध्यान्तर अघि मदनको भूमिकामा महेश त्रिपाठी र उनको पत्नीको भूमिकामा केकी अधिकारी हुनेछन् ।
यस्तै हरिवंशसँगै किरण केसी, राजाराम पौडेललगायत पनि यो चलचित्रमा हुने छन् । चलचित्रमा मदनकृष्णको बाल्यकाल, जागिरे जीवन, रंगमञ्चको यात्रा, टेली चलचित्रको यात्रा र चलचित्रको यात्रासँगै उनको निजी र पारिवारिक जीवनका संघर्षलाई पनि समेटिने भएको छ ।
ो चलचित्रको घोषणा समारोहमा मदनकृष्णको जीवनीमा आधारित छोटो वृत्तचित्र पनि सार्वजनिक गरियो । समारोहमा छोरा यमन श्रेष्ठले आफ्नो बुबाप्रति सर्मपण गर्दै मदनकृष्णका केही गीतहरु पनि कार्यक्रममा प्रस्तुत गरे ।
सम्बन्धित समाचार
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
क्रिटिक्स अवार्ड विजेतामा हरिवंशदेखि मीन भामसम्म
‘हली’ टिजरमा महिनावारी पीडा
विदेशमा नेपाली चलचित्रको कमाई स्वदेश भित्राउन चोर बाटो






