काठमाडौं । पीएल सिंह मेमोरियल टी–२० क्रिकेटमा पोखरा र वीरगञ्ज महानगरपालिका विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा पोखरा र वीरगञ्ज महानगरपालिका विजयी भएका हुन् । पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको जित निकाल्यो । उक्त खेलमा भरतपुर महानगरपालिकाले टस जितेर पहिला ब्याटिङ गर्र्दै १८.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।
भरतपुरका लागि शुभ कंसाकारले २२ बलमा ३० रनको सर्वाधिक योगदान दिए । यस्तै सूर्यान्शु कोइरालाले १७, गौतम केसीले १७ र योगेशबहादुर भाटले १७ रन जोडे । बलिङतर्फ पोखराका सुदीप अर्याल, अपराजित पौडेल, कृष्ण पौडेल र सुवास भण्डारीले दुई विकेट लिए ।
एक सय २४ रनको विजयी लक्ष्य पोखरा महानगरपालिकाले १८.१ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पोखराको जितमा मुस्कान थापा मगरले उत्कृष्ट इनिङ खेल्दै ४६ बलमा अविजित ५१ रनको अर्धशतकीय पारी खेले । उनी खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।
यसैगरी आजै भएको अर्को खेलमा वीरगञ्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनले हरायो । वीरगञ्जले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । वीरगञ्जका लागि अलराउन्डर पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । यस्तै अनिलकुमार साहले १७ रनको योगदान दिए ।
बलिङतर्फ विराटनगरका लागि प्रतीक पोखरेल र दिपेश कँडेलले दुई–दुई विकेट लिए । एक सय १३६ रनको लक्ष्य पछ्याएको विराटनगरको पारी १८ ओभर खेल्दै मात्र ७७ रनमा समेटियो । विराटनगरका लागि प्रेम कामतले अविजित २३ रन र दिपेश कँडेलले १५ रन बनाए ।
बलिङतर्फ वीरगञ्जका विशाल पटेलले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । पवन सर्राफले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट खेल प्रदर्शन गरेका वीरगञ्जका पवन खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिए ।
यही असार ५ गतेदेखि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको हो । काठमाडौं महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टि–२० प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ ।
सम्बन्धित समाचार
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम
‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु
विश्वकप फुटबलःमेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
एनपीएलको अक्सन मिति घोषणा
रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना






