स्याङजामा यात्रुवाहक जिप दुर्घटना

काठमाडौं । स्याङजामा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। २२ जना सवार जिप सडकमा पल्टिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन्।

वालिङ नगरपालिका–७ लभ्लि डाँडास्थित मिर्दि- चापाकोट सडक खण्डमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको डवल क्याप बलेरो जिप दुर्घटना हुँदा वालिङ-७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ।

जिपमा २२ जना सवार भएकोमा २० जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि १७ जनालाई पोखरा रिफर गरिएको छ भने २ जनालाई वुटवल पठाइएको छ। एकजना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।

जिप चालक स्याङजा वालिङ ७ कै वर्ष २८ को मिन बहादुर सारूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन निर्वाचित, सहमहामन्त्री को–को भए ?