लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध राउटे समुदायमा सचेतना कार्यक्रम संचालन

काठमाडौं । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा राउटे समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम सिम्ता गाउँपालिका–९ खानीखोलास्थित राउटे बस्तीमा संचालन गरिएको हो ।

एआईएन लक्जेम्बर्गको साझेदारी, गुराँस गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाको सहजीकरणमा आयोजित कार्यक्रममा लागू पदार्थको दुरुपयोग तथा अवैध तस्करीबाट हुने असर’bout जानकारी दिँदै यसको रोकथाममा महिलाहरूले अग्रसर भूमिका निर्वाह गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार हाल राउटे समुदाय सिम्ता गाउँपालिका–९ को खानीखोलामा अस्थायी रूपमा बसोबास गरिरहेको छ। समुदायमा हाल ४० घरधुरीमा १३३ जनसंख्या रहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल