दृष्टिविहीनहरूको धर्ना छैटौं दिनमा

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा दृष्टिविहीनहरूले सुरु गरेको आन्दोलन छैटौँ दिनमा पनि जारी रहेको छ ।

सरकारको ध्यानाकर्षण नभएको गुनासो

आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन ६ दिनदेखि धर्नामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । धर्नामा सहभागी दृष्टिविहीन सूर्य लिम्बूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको हुनसक्ने टिप्पणी गरे ।

अबका दिनमा भने सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको बताए । लिम्बूले सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले माइतीघरमा भइरहेको प्रदर्शनलाई बेवास्ता गरेको आरोप समेत लगाए । उनले बाह्य जिल्लाका सामान्य गतिविधिमा चासो राख्नेहरूले राजधानीको मुटुमा भइरहेको न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको गुनासो गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद (दृष्टिबिहिन) रमेश प्रसाईँले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौँमा आफूजस्तै दृष्टिबिहीनहरुले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम