काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा सकिएको छ। समूह ‘के’को यो खेलको निर्धारित समयमा समेत दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली ०-० मा समेटिएका छन्।
कोलम्बिया समूह ‘के’ मा शीर्ष स्थान हासिल गरेको छ। दुवै टोलीले यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका कारण यस खेलले समूह विजेता र उपविजेताको टुंगो मात्र लगाएको थियो।
समूह विजेता बनेको कोलम्बियाले अब अन्तिम १६ मा घानासँग प्रतिस्पर्धा गर्नेछ। घाना यसअघि क्रोएसियासँग २–१ ले पराजित भएको थियो। यता, उपविजेता बनेको पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ।
खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन। पहिलो हाफमा पोर्चुगलका ब्रुनो फर्नान्डेजले उत्कृष्ट अवसर सिर्जना गरेका थिए। तर‚ कोलम्बियाका गोलकिपर कामिलो भार्गासले उत्कृष्ट बचाउ गर्दै टोलीलाई गोल खानबाट जोगाए।
पोर्चुगलका गोलकिपर डियोगो कोस्टाले पनि सानदार प्रदर्शन गर्दै ६ वटा बचाउ गरे। यो टोलीका अघिल्ला दुई खेलको संयुक्त बचाउभन्दा बढी थियो। इन्जुरी समयमा कोलम्बियाका डाभिन्सन सान्चेजले हेडमार्फत गोल गरे पनि अफसाइड ठहरिएपछि उक्त गोल मान्यता पाउन सकेन।
पहिलो विश्वकप उपाधिको खोजीमा रहेको पोर्चुगलले मिश्रित प्रदर्शनसहित नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको पहिलो खेलमा पोर्चुगलले कंगोसँग १–१ को अप्रत्याशित बराबरी खेलेको थियो। त्यस खेलमा गोल गर्न नसकेपछि कप्तान क्रिस्टियानो रोनाल्डोको आलोचना भएको थियो।
तर‚ उनले त्यसको जवाफ उज्बेकिस्तानविरुद्ध ५–० को जितमा दुई गोल गर्दै विश्वकपका ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेर दिएका थिए। सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको कोलम्बियाले यस संस्करणमा भने उत्कृष्ट पुनरागमन गर्दै उज्बेकिस्तानलाई ३–१ र कंगोलाई १–० ले पराजित गरेको थियो।
सम्बन्धित समाचार
कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?
अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष
चालू विश्वकपमा भारतीय मूलका ४ खेलाडी
ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?
जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै
फिफा विश्वकप खेलेको ९२ बर्षपछि इजिप्टको पहिलो जीत
फ्रान्स र नर्वे नकआउट चरणमा, अल्जेरियाले अस्ट्रेयासँग निर्णायक खेल खेल्ने
पाको उमेरमा गोल हान्ने रोनाल्डो दोस्रो, मेस्सी चौथों नम्बरमा






