फिफा विश्वकप २०२६ को समूह चरणको खेल समाप्त भएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म तीन समूहका अन्तिम ६ खेल सम्पन्न भएपछि समूह चरणको खेल समाप्त भएको हो । समूह चरणको खेल समाप्त भएसँगै प्रतियोगिता ४८ टोलीबाट ३२ टोली नकआउट चरणमा प्रवेश गरेका छन् ।
पहिलो चरणको खेल समाप्त भएसँगै राउन्ड अफ ३२ मा स्थान सुनिश्चित गरिसकेका छन् । १२ समूहबाट पहिलो र दोस्रो हुने टोलीबाट २४ टिम छनोट भएका छन् भने बाँकी रहेका उत्कृष्ट ८ अन्तिम ३२ मा छनोट भएका हुन् ।
समूह ‘बी’ बाट बोसेनिया हर्जगोविना, समूह ‘डी’ बाट पराग्वे, समूह ‘इ’ बाट इग्वेटर, समूह ‘एफ’ बाट स्वीडेन, समूह ‘आइ’ बाट सेनेगल, समूह ‘जे’ बाट अल्जेरिया, समूह ‘के’ बाट कंगो र समूह ‘एल’ बाट घाना अन्तिम ३२ मा छनोट भएको हो ।
राउन्ड अफ ३२ का खेलहरू जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछन्।
हालसम्म नकआउट चरणमा पुगेका टोलीहरू:
समूह ‘ए’: मेक्सिको, दक्षिण अफ्रिका
समूह ‘बी’: स्विट्जरल्यान्ड, क्यानडा, बोस्निया–हर्जेगोभिना (उत्कृष्ट तेस्रो)
समूह ‘सी’: ब्राजिल, मोरक्को
समूह ‘डी’: अमेरिका, अस्ट्रेलिया, पाराग्वे (उत्कृष्ट तेस्रो)
समूह ‘ई’: जर्मनी, आइभरी कोस्ट, इक्वेडर (उत्कृष्ट तेस्रो)
समूह ‘एफ’: नेदरल्यान्ड्स, जापान, स्विडेन (उत्कृष्ट तेस्रो)
समूह ‘जी’: बेल्जियम, इजिप्ट
समूह ‘एच’: स्पेन, केप भर्डे
समूह ‘आई’: फ्रान्स, नर्वे, सेनेगल (उत्कृष्ट तेस्रो)
समूह ‘जे’: अर्जेन्टिना, , अस्ट्रेया र अल्जेरिया (उत्कृष्ट तेस्रो)
समूह ‘के’: कोलम्बिया, पोर्चुगल, गणतन्त्र कंगो (उत्कृष्ट तेस्रो)
समूह ‘एल’: इङ्ग्ल्यान्ड, क्रोसिया र घाना (उत्कृष्ट तेस्रो)
समूह चरणका खेलपछि राउन्ड अफ ३२ को सम्पूर्ण समीकरण स्पष्ट भएको छ। योसँगै विश्वकप उपाधिको होड अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
फिफा विश्वकपः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
हाइटीविरुद्ध १-० को जित निकाल्दै स्कटल्याण्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा
चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम
जर्मनीको प्रभावशाली जीत
बाकसमा फर्किन रीता, शव नेपाल पठाउने प्रक्रिया जटिल
अग्रता जोगाउन नसक्दा इरानसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
‘चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?’






