स्याङ्जामा एकै दिन थपिए १० जना संक्रमित

स्याङ्जा । स्याङ्जामा एकै पटक १० जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको वालिङ नगरपालिका घर भइ भारतबाट आएर पालिका कै क्वारेन्टाइनमा बस्दै आएका ८ जना र हरिनास गाँउपालिकाका घर भइ पालिका कै क्वारेन्टाइनमा बस्दै आएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुष्टी हुनेहरुमा वालिङका १६, १९,२३,२५,३२,४४, ५२ र ५४ बर्ष उमेरका पुरुषहरु रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र ४० बर्ष उमेरका पुरुषहरु रहेकाछन् । योसँगै स्याङजामा संक्रमितको संख्या २३ पुगेको छ । वालिङका संक्रमित ११ गते भारतबाट आएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । स्याङ्जामा भारतबाट आउने क्रम जारी र उनीहरुको पिसिआर परीक्षण पनि जारी राखिएको छ । पछिल्लो समय गण्डकी प्रदेशमा अधिकांश जिल्लामा भारतबाट आउने संख्या बढ्दै जाँदा पिसिआर लिएर पठाउने चाप पनि बढ्न थालेको छ । जसले गर्दा रिर्पोट आउन केही ढिला हुदै गएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन