जो ‘नकआउट’को ढोकाबाटै बाहिरिए

काठमाडौं । फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ निर्णायक चरणमा प्रवेश गरिसकेको छ । पहिलोपटक ४८ राष्ट्र सहभागी संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो हो । तीन आयोजक राष्ट्र क्यानडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको समूह चरण सकिएसँगै ३२ टोलीले सोमबार यो समाचार तयार पार्दासम्म ‘नकआउट’ चरणको टिकट काटेका छन् भने १६ राष्ट्रले विश्वकप मञ्चबाट बिदा लिइसकेका छन् । नयाँ ढाँचाअनुसार १२ समूहका शीर्ष दुई टोलीसँगै ‘उत्कृष्ट ८’ तेस्रो स्थानका टोली पनि अगाडि बढे, जसले समूह चरणको अन्तिम क्षणसम्म प्रतिस्पर्धालाई जीवित राख्यो ।

विश्वकपमा बाहिरिनु अंकतालिकाको परिणाम त हो नै, यो एउटा टोलीको सपना, खेलाडीका मेहनत, समर्थकका आशा र राष्ट्रको फुटबल भावनासँग जोडिएको कथा पनि हो । केही टोली पहिलोपटक विश्वकपको अनुभव लिन आएका थिए, केही इतिहास बोकेर आए पनि अन्त्यमा मैदानमा देखिएको प्रदर्शनले नै उनीहरूको भाग्य निर्धारण ग¥यो । यसपटकको समूह चरणका खेलले ‘विश्व फुटबलमा अब कुनै पनि टोलीलाई कमजोर आँक्न नमिल्ने’ प्रस्ट पारेका छन् । विश्वप्रसिद्ध टोलीसमेत दबाबमा पर्न सक्छन् र नयाँ टोलीले पनि विश्व मञ्चमा आफ्नो छाप छोड्न सक्ने जारी प्रतियोगिताबाट देखिएको छ ।

सबैभन्दा बढी चर्चा पाएको बिदाइमध्ये एक हो – दुईपटकको विश्व च्याम्पियन उरुग्वेको । दक्षिण अमेरिकी फुटबलको गौरव बोकेको उरुग्वे सन् २०२६ को विश्वकपमा ठूलो अपेक्षासहित आएको थियो । टोलीसँग अनुभवी खेलाडी, आक्रामक शैली र विश्वकपको लामो इतिहास छ । तर, विश्वकपको वास्तविकता भने कठोर हुने गर्छ । यहाँ विगतको गौरवले वर्तमानको नतिजा पहिल्याउन सक्दैन ।

दुईपटकका विश्वविजेता उरुग्वेको पीडा, दक्षिण कोरियाको निराशा, इरानको दुर्भाग्य र नवप्रवेशी टोलीको साहसले प्रतियोगिता अझ विशेष बनायो । समूह चरणमा गल्ती सुधार्ने मौका थियो । अब त एउटा हारले नै विश्वकप यात्रा समाप्त गर्नेछ । बाहिरिएका १६ राष्ट्रका लागि सन् २०२६ को विश्वकप सम्झनामा सीमित हुनेछ, तर बाँकी टोलीका लागि ‘विश्व च्याम्पियन’ बन्ने सपना अझै जीवित छ ।

उरुग्वेले समूह चरणमा अपेक्षित प्रदर्शन गर्न सकेन । टोलीले मात्र दुई अंक जोड्न सफल भयो र स्पेनसँगको निर्णायक खेलपछि उसको यात्रा समाप्त भयो । कुनै समय विश्व फुटबलमा डर पैदा गर्ने उरुग्वे यसपटक ‘नकआउट’ चरणसम्म पनि पुग्न नसक्दा समर्थक निराश बने । उरुग्वेको बिदाइ एउटा टोलीको हारस“गै दक्षिण अमेरिकी फुटबलको एउटा पुरानो शक्तिको कठिन समयको संकेतसमेत बन्यो । विश्वकप जितिसकेको इतिहास भएको टोलीलाई पनि नयाँ पुस्ताको तीव्र प्रतिस्पर्धामा आफूलाई पुनः प्रमाणित गर्नुपर्ने अवस्था आएको देखियो ।

एसियाली फुटबलको ठूलो नाम दक्षिण कोरियाको यात्रा पनि यसपटक अपेक्षाअनुसार अघि बढ्न सकेन । सोन ह्युङ–मिन, ली काङ–इन र किम मिन–जेजस्ता चर्चित खेलाडी रहेको टोलीलाई एसियाको बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर, समूह चरणमा आवश्यक निरन्तरता कायम गर्न नसक्दा दक्षिण कोरिया तेस्रो स्थानमै सीमित भयो र उत्कृष्ट तेस्रो टोलीको आधारमा पनि ‘नकआउट’ पुग्न सकेन ।

दक्षिण कोरियाको बिदाइपछि देशभित्र पनि ठूलो निराशा देखियो । टोलीको रणनीति, प्रशिक्षकको निर्णय र खेलाडी व्यवस्थापन’bout प्रश्न उठे । विश्वकपजस्तो प्रतियोगितामा स्टार खेलाडी हुनु पर्याप्त हुँदैन, सही रणनीति र निर्णायक क्षणमा प्रदर्शन पनि उत्तिकै महइभ्वपूर्ण हुन्छ भन्ने दक्षिण कोरियाको यात्राले देखाएको छ । युरोपेली टोली टर्कीका लागि पनि सन् २०२६ को विश्वकप सम्झनलायकस“गै पीडादायी रह्यो । छनोट चरणमा राम्रो सम्भावना देखाएको टर्कीबाट धेरैले ‘नकआउट’ चरण पुग्ने अपेक्षा गरेका थिए । टोलीमा प्रतिभाशाली खेलाडी थिए र युरोपेली फुटबलमा उसले पछिल्ला वर्ष आफ्नो स्थान बलियो बनाउँदै आएको थियो । तर, विश्वकपको ठूलो मञ्चमा टर्कीले आवश्यक परिणाम निकाल्न सकेन र समूह चरणमै रोकियो । टर्कीको असफलताले विश्वकपमा सम्भावना र सफलताबीच ठूलो दूरी हुने सत्य उजागर गरेको छ । कागजमा बलियो देखिने टोलीले पनि मैदानमा दबाब सामना गर्न नसके यात्रा छोट्याउन सक्ने टर्कीबाट प्रमाणित भएको छ ।

२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डको कथा पनि भावनात्मक रह्यो । लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको स्कटल्यान्डका समर्थकमा ठूलो उत्साह थियो । टोलीले विश्व मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पाएको पनि हो । तर, समूह चरणमा आवश्यक अंक जोड्न नसक्दा उसको पुनरागमन छोटो बन्यो । स्कटल्यान्डको यात्रा भने पूर्ण निराशाजनकमात्र रहने, लामो अनुपस्थितिपछि विश्वकप खेल्नु नै टोलीका लागि ठूलो उपलब्धि थियो । यद्यपि, फुटबलमा भावना र इतिहासभन्दा पनि नतिजा निर्णायक हुन्छ । जसअनुरुप टोली उत्कृष्ट तेस्रो स्थानमा पर्न सकेन र प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

इरानको बिदाइ भने अझै पीडादायी रह्यो । एसियाली फुटबलको बलियो टोली इरानले समूह चरणमा हारमात्रै ब्यहोरेन, उसले तीन अंकसहित तेस्रो स्थानमा रहँदासमेत यात्रा अघि बढाउन सकेन । कहिलेकाहीँ विश्वकपमा हारभन्दा पनि अंकगणित टोलीका लागि घातक बन्न सक्छ, इरानले त्यही नियति भोग्यो ।

साउदी अरेबियाले पनि यसपटक अपेक्षित प्रभाव देखाउन सकेन । विश्वकपमा ठूला टोलीलाई चकित पार्ने इतिहास बनाइसकेको साउदी टोलीले यसपटक समूह चरणमा पर्याप्त अंक जोड्न सकेन र बाहिरियो ।

ओसियाना क्षेत्रको प्रतिनिधित्व गर्ने न्युजिल्यान्डका लागि पनि विश्वकप यात्रा कठिन रह्यो । सीमित स्रोत र कम अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबीच विश्वकप पुगेको न्युजिल्यान्डले संघर्ष गरे पनि समूह चरण पार गर्न सकेन । पहिलोपटक विश्वकप खेलिरहेका उज्बेकिस्तान र कुराकाओका लागि भने परिणामभन्दा अनुभव ठूलो रह्यो । उज्बेकिस्तानले आफ्नो ऐतिहासिक सहभागितामा विश्व फुटबलस्तर नजिकबाट अनुभव गर्ने मौका पायो भने कुराकाओ विश्वकपमा पहिलो उपस्थितिमै समर्थकका ध्यान तान्न सफल बन्यो ।

कतारका लागि सन् २०२६ को विश्वकप अर्को चुनौतीपूर्ण अध्याय बन्यो । सन् २०२२ मा आयोजकका रूपमा विश्वकप खेलेको कतारले यसपटक सुधारिएको प्रदर्शन गर्ने अपेक्षा राखेको थियो । तर, समूह चरणमै यात्रा रोकिएपछि विश्व फुटबलको शीर्षस्तरमा निरन्तर प्रतिस्पर्धा गर्न अझै धेरै काम बाँकी रहेको देखियो ।

इराक, जोर्डन, पानामा, हाइटी र ट्युनिसियाजस्ता टोलीका लागि पनि विश्वकप यात्रा छोटो रह्यो । यी टोलीले ठूला फुटबल शक्तिसँग प्रतिस्पर्धा गर्ने अवसर पाए पनि समूह चरणको कठिन चुनौती पार गर्न सकेनन् । ४८ टोलीको विश्वकपले यसपटक नयाँ युग सुरु गरेको छ । धेरै टोली सहभागी हुँदा प्रतिस्पर्धा फराकिलो भएको छ । साना राष्ट्रले पनि विश्व मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाएका छन् । अर्कोतर्फ, समूह चरण पार गर्ने दौड अझै कठिन बनेको छ, किनकि हरेक खेलको महइभ्व बढेको छ । अब ‘नकआउट’ चरण सुरु भएसँगै विश्वकपको वास्तविक दबाब बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

पराग्वेसँग पराजित जर्मनीको विश्वकप यात्रा समाप्त