जुम्ला । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा मंगलबार एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले चालु आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए ।
जिल्लाका आठ स्थानीय तहका १५ महिनासम्मका दुई हजार ६८ र १६ देखि २३ महिनाका तीन हजार ३६४ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलेले निरोगी हुनका लागि बालबालिकालाई सबै प्रकारका खोप लगाउनु अपरिहार्य रहेको बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदान महत्त्वपूर्ण रहेको बताए ।
समग्र जिल्लाको ६८ प्रतिशत खोपको प्रगति भएको छ । खोप केन्द्र संख्या ८९ वटा रहेका छन् । कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।
सम्बन्धित समाचार
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन
उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू






