काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाका सम्पूर्ण तथ्य र प्रमाणहरूको विस्तृत अध्ययनका लागि मिसिल मगाउने निर्णय गरेको छ।
अदालतको आदेशअनुसार विशेष अदालतबाट आउने मिसिलमा रहेका कागजात, प्रमाण र मुद्दासँग सम्बन्धित अन्य विवरणहरूको गहन अध्ययनपश्चात् मात्र रिटमाथिको थप सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।
विशेष अदालतमा विचाराधीन रहेको उक्त मुद्दा र बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा उठाइएका विषयहरू अन्तरसम्बन्धित रहेको निष्कर्ष निकाल्दै सर्वोच्चले न्यायिक निरूपणका लागि सक्कल फाइल नै आवश्यक रहेको ठहर गरेको हो।
सम्बन्धित समाचार
रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची
दलको बैठकमा सहभागी हुन ओली च्यासलमा
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने
रास्वपा महामन्त्रीमा आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन निर्वाचित, सहमहामन्त्री को–को भए ?
कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति
ओली, लेखक रिहा भए, पौडेल प्रहरी हिरासतमै, देउवा दम्पती विदेशमा






